Rashtriya Dainik

घिनहाँ–डिघवल तुरिया पुलको म्याद सकिदा पनि हालसम्म पुल नबन्दा स्थानियहरुले सास्ती

नवलपरासी , २२ मंसिर ।

पुलको म्याद सकिदा पनि हालसम्म पुल नबन्दा स्थानियहरुले सास्ती खेप्नु परेको छ । ठेकदार कम्पनीले म्याद पाएको ढाई बर्षमा पनि घिनहाँ–डिघवल तुरिया खोलामा पुल बनाउन नसकेपछि स्थानियलाई आवतजावतमा कठिनाई भएको हो । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १५ घिनहाँ र डिघवल जोडन तुरिया खोलामा निर्माण भैरहेको पक्की पुलको डिजाईन फेल र ठेकदारको चरम ढिलाईका कारण पुल नबन्दा स्थानियहरुले सास्ती खेप्न परेको स्थानिय ईस्लाम धुनियाले जानकारी दिनु भयो ।
जिल्लाको उक्त पुरानो हुलाकी सडक परासी, पोखरापाली, डिघवल, घिनहाँ, बडगो, पन्डितपुर हुदै गएको छ । उक्त हुलाकी सडकमा घिनहाँ र डिघवल जोडन तुरिया खोलामा ढाई बर्ष अगाडी लुम्बिनी प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालयले पक्कि पुलको आयोजना दिएको थियो ।
उक्त पुल निर्माणका लागि सडक पुर्वाधार विकास कार्यालय मणिग्राम रुपन्देहीले ठेक्का आव्हान गर्दा एम एस सुगम ओम इन्फ्राटेक जेभीले ८ करोड ७९ लाख ९५ हजार ४१९ रुपैयामा ठेक्का लिएको थियो । ३० महिनामा सम्पन्न गर्नु पर्ने उक्त पुलको निर्माणका लागि दुबैपक्षबिच २०७७ बैशाख १ गते सम्झौता भएको थियो । पुलको लम्बाई ६० मिटर र चौडाई १० मिटर रहेको छ । उक्त पुल २०७९ कार्तिक ३० गते सम्पन्न गर्नु पर्ने म्याद रहेपनि पुलको डिजाईन फेल भएका कारण र ठेकदारको ढिलाईले योजना अहिलेसम्म सम्पन्न हुन सकेन ।
यता पुल निर्माण हुदै जाँदा नदीमा सिल्टेशन बढदै नदीको सतह माथि उठेपछि पुल माथिबाटै बाढीको बहाव हुने देखिएको हुँदा तत्काल पुलको निर्माण कार्य रोकियो ठेकदार पक्षले दावी गरेको छ । त्यतिबेलाको डिजाईनमा पुलको उचाई नदीको बर्तमान अवस्था हेर्दा उचाई कम रहेकाले बर्षाको समयमाय पानीको बहाव पुलमाथिबाट नै बहने देखिने हुँदा पुलको डिजाईन फेल भएको मानिएको ठेकदार पक्षको दावी छ ।
अधुरो पुल पुनः निर्माणका लागि प्राविधिक टोलीले उक्त पुरानो डिजाई चेन्ज गरि हाल नयाँ डिजाईन ल्याई सकेको छ जसमा पुलको उचाई थप २ मिटर उठाईएको स्थानिय सडक पुल कार्यक्रमका (एलआरबिपि) जिल्ला टेक्निकल अफिसर खेम आलले जानकारी दिनु भयो । उहँका अनुसार योजनाको म्याद थप गरि ठेकदारलाई सम्पर्कमा ल्याएको र आगामी पुसबाट अधुरो काम पुरा गर्ने योनजामा रहेको । पुल निर्माण गर्दा ठेकदारले करिब ५० प्रशित काम सम्पन्न गरिसकेको छ जसमा जमिनमुनीको सबै कार्य सम्पन्न गरि पुलको पिलड समेत उठाई सकेको छ । अब त्यसै पिलडमा थप २ मिटर उचाई थपि पुल निर्माण कार्य अगाडी बढाईने उहाँले जानकारी दिनु भयो ।
पुलको शिलान्यास हुदा म्याद भित्रै पुल बन्छ भनेर यस क्षेत्रका मन्त्री साँसदले भाषण ठोकेका थिए, तर हालसम्म पुल निर्माण कार्य रोकिएको छ यस तर्फ नेता र सम्बन्धित निकायको ध्यान किन पुग्न सकेको छैन । यस नदीमा बन्ने पुलले कुईया, बडगो, घिनहा, पण्डितपुर लगायतका आधा दर्जन बस्तिलाई जोडनेछ । समयमै पुल नबन्दा विरामी, गर्भवती महिलालाई उपचारका लागि परासी लैजान कि भैरहवा भुमही राजमार्गको पुल पुग्नु पर्छ कि त डिघवलको पुल भएर जानु पर्ने बाध्यता रहेको छ यता खेतीपाती र अवातजावतमा पनि लामोदुरी तय गर्नु पर्दा समस्या भैरहेको स्थानिय उदयराज यादवको गुनासो छ ।
उक्त पुल भौतिक पुर्वाधार विकास मन्त्रालय लुम्बिनी प्रदेशको आर्थिक सहयोग, स्वीस सरकारको प्राविधिक सहयोग र स्थानिय सडक पुल कार्यक्रम (एलआरविपी) को प्राविधिक सहयोग रहेको छ । सोही पुल भएर अहिले विश्व बैंकको ६२ करोड लगानीमा प्राचिन कोलिय गणराज्यको राजधानी भएको (हाल पण्डितपुर) जोड्ने सडकको समेत सर्वेक्षण भई निर्माण प्रकृया पनि अघि बढेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित