Rashtriya Dainik

नवलपरासीकाे बर्दघाट – ४ मा ट्रकको ठक्करले पैदल यात्रीको मृत्यु

अारपी उपाध्याय / नवलपरासी , २२ मंसिर

पश्चिम नवलपरासी बर्दघाट नगरपालिका ४ मा ट्रकको ठक्करबाट एक पैदल यात्रु सक्त घाइते भइ उपचारको क्रममा मृत्यु भएको छ।

बर्दघाट ४ सन्जिवनी मेडिकल हल अगाडि पुर्वबाट पश्चिम तर्फ आउदै गरेको ट्रकको ठक्करबाट बर्दघाट ६ बेतहानी बस्ने वर्ष ४५ का टिकाराम भट्टराईको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभएको छ।

पुर्व पश्चिम राजमार्ग बुटवल,बर्दघाट सडकखण्ड अन्तर्गतमा ना.६ख.३३३० नम्बर ट्रकको ठक्करबाट सक्त घाइते भएका भट्टराईलाई चिसापानी सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

ट्रक चालक सल्यान जिल्ला शारदा नगरपालिका १४ बस्ने वर्ष २२ का राजु बि.क.लाई प्रहरीले तत्काल नियन्त्रणमा लिएर कानुनी प्रक्रिया जारी रहेको बताइएको छ।

आर्थिक वर्ष २०७९ श्रावण महिनादेखि मङ्सिर २२ गतेसम्म महिला ३ र पुरुष ११ गरि १४ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ भने महिला ४२ र पुरुष १०६ गरि जम्मा १४८ जना सवारी दुर्घटनामा घाइते रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित