Rashtriya Dainik

सामुदायिक र संस्थागत विध्यालयको प्रधानाध्यापकहरुको जिल्ला स्तरीय बैठक सम्पन्न

अारपी उपाध्याय / नवलपरासी , २२ मंसिर

शिक्षा विकास तथा समन्वय इकाई पुर्वी नवलपरासीको आयोजनामा सामुदायिक र संस्थागत विध्यालयको प्रधानाध्यापकहरुको विस्तारित बैठक नवजागारण मा.वि. मध्यविन्दुमा सम्पन्न भएको छ। शिक्षा विकास समन्वय इकाई नवलपुरका प्रमुख रुद्र शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम बि.क.ले सिकाइ उपलब्धि सुधार गर्न विध्यालयहरुले ठोस कार्य योजना निर्माण र कार्यान्वयन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। उहाँले विध्यालय सुशासन प्रवर्द्धनमा इकाई , स्थानिय तह र विध्यालयहरुको साझा प्रयत्न गरेर अगाडि बढ्नुपर्ने धारणा समेत राख्नुभयो।

कार्यक्रममा पुर्वी नवलपरासी अन्तर्गतका सामुदायिक र संस्थागत मा.वि. का ८३ प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो। सो अवसरमा २०७८ सालको माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट जिपिए ल्याएका विध्यालय र विध्यार्थीहरुलाइ सम्मान गरिएको हो।

कार्यक्रममा संस्थागत विध्यालयको तर्फबाट विजय सामुदायिक शिक्षा सदन गैंडाकोट प्रथम,नवलपुर सेकेन्ड्री इङलिस बोर्डिङ स्कुल मध्यबिन्दु दोस्रो र विश्वज्योती इङ्ग्लिस बोर्डिङ स्कुल देवचुली तृतीय भएको छ।

त्यसैगरी सामुदायिक विध्यालय तर्फबाट नेपाल लोकसेवा मा.वि. प्रथम, भिमसेन आदर्श मा.वि. देवचुली दोस्रो, शिव मा.वि. कावासोती र जनक मा.वि. गैंडाकोट तृतीय भएको शिक्षा विकास समन्वय इकाई कार्यालयका सुचना अधिकारी तिलकबहादुर खड्काले जानकारी दिनुभएको छ। सो कार्यक्रममा सर्वकृष्ट जिपिए प्राप्त गर्ने ६ जना विध्यार्थीहरुलाइ कदर सहित सम्मान गरिएको आयोजकले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित