Rashtriya Dainik

त्रिभुवन नमुना माविद्धारा विज्ञान तथा प्रविधिमा आधारित प्रोजेक्टहरुको प्रदर्शनी

नवलपरासी , २१ मंसिर ।

नवलपरासीमा विज्ञान तथा प्रविधिमा आधारित बनाइएको प्रोजेक्टहरुको प्रदर्शनी गरिएको छ । जिल्लाको प्रतापपुर गाउँपालिका वडा ९ मा रहेको त्रिभुवन नमुना माविका विद्यार्थीहरुले बनाएको विभिन्न १२ वटा प्रोजेक्टहरुको विद्यालयले प्रदर्शनी गरेको छ ।

चौथो प्रतापपुर गाउँपालिका स्तरीय अन्तर आधारभुत तह खेलकुद प्रतियोगिताको अवसर पारी विद्यालयले कक्षा ९ देखि कक्षा १२ सम्मका अध्ययनरत विज्ञान, प्राविधिक धार र ईलेक्ट्रिीक ईन्जिनियरिङ्ग संकायका विद्यार्थीहरुले तयार गरेको १२ प्रकारको नमुना प्रोजेक्टहरुको प्रदर्शनी गरेको विद्यालयका शिक्षक एवं प्राविधिक धारका संयोजक व्यासमुनी कुश्वाहाले जानकारी दिनु भयो ।


विद्यार्थीहरुले मिनि हाईड्रो पावर, ट्रान्समिशन लाईन, विद्युत टरवाईन, ड्रोन क्यामेरा, मोबाईल ग्लास, होम अटोमेशन, नमुना हाउस वायरिङ्ग, मोबाईल कन्ट्रोल कार, लाईन फलोविङ्ग कार, हैण्ड वासका लागि सेन्सर वाटर टंैक, लगायतको १२ प्रकारको नमुना प्रोजेक्टको प्रदर्शनी गरिएपछि अभिभावक र स्थानियहरु निकै खुशी भएका छन् । प्रदर्शनीमा राखिएको मिनि हाईड्रो पावरले उत्पादन गर्ने ६ वाटको विद्युत कसरी ट्रान्समिसन लाईन हुदै हाम्रो घरसम्म आईपुग्ने भन्ने विषयमा विद्यार्थी ईम्तियाज मिँयाले जानकारी दिनु भयो ।
विद्यालयमा मावि तर्फ विज्ञान, ईलेक्ट्रिक ईन्जिनियरिङ्ग, टेक्निलक, आर्ट र म्यानेजमेन्टको पठन पाठन हुदै आएको छ । यसरी यहिका विद्यार्थीहरुले खोजअनुसन्धान गरि विभिन्न नमुना प्रोजेक्टहरु तयार गरेको देख्दा पालिकाले निकै खुशी हुदै यस विद्यालयका यि संकाय तर्फ थप लगानी गर्ने र यहाँका उत्पादिन विद्यार्थीहरुलाई आफनो प्रतिभा देखाउने पलेटफर्म समेत तयार गरि अगाडी बढाउने आस्वासन दिएको छ ।

त्रिभुवन नमुना विद्यालयको आयोजना र प्रतापपुर गाउँपालिकाको आर्थिक सहयोगमा आयोजित चौथो गापा स्तरीय आधारभुत तह खेलकुद प्रतियोगितामा पालिका भरिबाट सामुदायिक र संस्थागत गरि कुल ५१ वटा विद्यालयले भाग लिएको छ । उक्त खेलमा कुल १० प्रकारका खेल खेलाईने छ ।

प्रतियोगितामा कुल नगद १ लाख रुपैया पुरस्कार र विभिन्न शिल्ड, गोल्डमेडल, ट्रफिहरुको पनि व्यवस्था गरिएको आयोजक विद्यालयले जनाएको छ । उद्दघाटन समारोह कार्यक्रमलाई उद्दघाटन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले, यस प्रतियोगिताबाट राम्रा÷राम्रा खेलाडीहरु छानिने र उनीहरुले आफनो प्रतिभा प्रस्तुत गर्ने राम्रो अवसर समेत रहेको जिकिर गर्नु भयो ।

यस्ता खेलबाट छानिने खेलाडीहरुलाई थप प्रस्कृत गर्दै जिल्ला, देश र अन्तराष्ट्रि खेलहरुमा सहभागी गराई यस क्षेत्रलाई राष्ट्रिय तथा अन्तराष्ट्रि जगतमा चिनाउन राम्रो अवसर मिल्ने विश्वास व्यक्त गर्नु भयो । प्रतियोगिता कार्यक्रममा विशेष अतिथि गाउँपालिका उपाध्यक्ष मान कुमारी चौधरी, विशेष अतिथि प्रमुख प्रशासकिय अधिकृत चिरन्जीवी घिमिरे लगायतले शुमकामना मन्तब्य राखेका थिए । उक्त खेल २३ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित