उत्तमकुमार थापा
छबिस पाथिभेरा गाउँपालिकामा आँखा शिविर सम्पन्न भएको छ ।
१९ गतेबाट सुरु भएको ३ दिने आँखा शिविर आज सम्पन्न भएको हाे । छविस पाथिभरा गाउँपालीकामा पालिकाका ३ वटा विद्यालयमा संचालन भएको आँखा शिविरमा सम्पन्न हुदा १ हजार ४ सय ६४ जना विद्यार्थीले आँखा चेकजाँच गराएका थिए ।
१९ गते छबिस पाथिभेरा गाउँपालिका- ६ को बाठपाली माध्यमिक विद्यालय, २० गते शान्ति माध्यमिक विद्यालय चौघानपाटामा र २१ गते (बुधबार) जनप्रीय माध्यमिक विद्यालय बगडगाउँमा निशुल्क आँखा शिविर सञ्चालन भएको थियोे ।
उक्त शिविरमा आँखामा समस्या देखा परेका विद्यार्थीले बाठपाली माविबाट ५ सय ५२ जनाले आँखा चेकजाँच गराएका छन् । यस्तै शान्ति मावी चौघानपाटाबाट ४ सय ३२ जनाले र जनपृय मावी बगडगाउँबाट ४ सय ८० जनाले आँखा चेकजाँच गराएको छबिस पाथिभेरा गाउँपालिका प्रवक्ता तथा १ नम्बर वडाका वडाअध्यक्ष करनजंग बहादुर सिंहले जानकारी दिए । प्रवक्ता सिंहका अनुसार जम्मा १ हजार ४ सय ६४ जना विद्यार्थीले आँखा परिक्षण गरेका हुन् । यी मध्ये ३१ जनालाई चस्मा वितरण गरिएको हो ।
विद्यार्थी बालबालिकाको आँखा चेकजाँच गर्न निशुल्क आँखा शिविरको लागि छबिस पाथिभेरा गाउँपालिकाले आँखा उपचार केन्द्र गेटा आँखा अस्पताल संग सम्झौता गरेको थियोे । विद्यालयमै आँखा चेकजाँच र उपचार गर्न पाएपछि विद्यार्थी खुशी भएका छन् । अहिले विद्यार्थी बालबालिकाको आँखा परिक्षणको लागि शिविर सञ्चालन गरेको र तत्काल गेटा आँखा अस्पतालसंग समन्वय गरि पालिका भरिका सबै आँखाको मोतिबिन्दुमा समस्या भएका स्थानीयको उपचार गर्न आज गेटा आँखा अस्पतालमा पुगेर गाउँपालीका अध्यक्ष बसन्त चदाउनेले सम्झौता गरिसकेको र अब चाडैं शिविर सञ्चालन गर्ने गाउँपालिका अध्यक्ष चलाउनेले बताउनुभयाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

