Rashtriya Dainik

घरेलु हिंसा तथा बाल बिवाह न्यूनीकरणका लागि सचेतनामुलक र्याली

रंजीत शर्मा/ नवलपरासी, २० मंसीर ।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०२ हरपुर देखि सुगौली सम्म घरेलु हिंसा तथा बाल बिवाह न्यूनीकरणका लागि सचेतनामुलक र्याली निकालि सम्पन्न गरिएको छ।

‘सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान’ नारा सहित सञ्चालित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत यो कार्यक्रम गरिएको हो ।

लैङ्गिक हिंसा विरुद्धको अन्तरराष्ट्रिय दिवसको अवसरमा नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म यो अभियान सञ्चालन भएको छ।

युनाटेड मिशन टु नेपाल तथा सुनवल सामुदायिक विकास केन्द्रको सहयोग एवं पाल्हीनन्दन गाउँपालिका र हरपुर माध्यमिक विद्यालयको समन्वय तथा रामरहीम धर्मगुरु तथा अगुवा समुह, राधा कृष्ण महिला समूह ,हरपुर श्रीमती समुह, जनता श्रीमान समूहको संयुक्त आयोजनामा सम्पन्न भएको छ।

कार्यक्रममा वडा अध्यक्ष जगदीश गुप्ता,वार्ड सदस्य सजीवन गुप्ता,विश्वनाथ यादव,पत्रकार रंजीत शर्मा लगाएत २०० जना महिला पुरुष तथा बालबालिकाको सहभगिता घरेलु हिंन्सा न्युनिकरणका लागि सामुदायिक मेलमिलाप तथा सम्बाद परियोजनाकाे सहजकर्ता गुलाम रसुल माेमिन रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित