अारपी उपाध्याय / नवलपरासी , २० मंसिर
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको आयोजनामा आत्महत्या रोकथाम सचेतना कार्यक्रम उद्योग वाणिज्य संघ परासीको सभाहलमा सम्पन्न भएको छ। सचेतना कार्यक्रममा सहजीकरण गर्दै जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले सामाजिक सञ्जालको दुरुपयोग गरि बढ्दै गइरहेको अपराध न्यूनीकरण गर्न तालिम फलदायी रहने धारणा राख्नुभयो। प्रविधिको विकास सङ्गै विकृति पनि बढ्ने क्रम रहेकोले बढ्दो विकृति रोक्न सचेतना कार्यक्रमले बलियो सुचना प्रवाह गर्ने जिकिर गर्नुभयो। सचेतना कार्यक्रममा पवन मा.वि. परासीमा अध्ययन गर्ने विध्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो। जिल्ला मुख्यालय परासीमा सम्पन्न सचेतना कार्यक्रम पछि पुर्व, पश्चिम राजमार्गको बर्दघाट,सुनवल र दक्षिणी सिमावर्ती महेशपुर र बेलाटारीमा पनि क्रमिक रुपमा यस्ता खाले जनचेतनामूलक कार्यक्रम गरिने नायब उपरीक्षक पाण्डेले जानकारी दिनुभयो। सचेतना कार्यक्रममा उपस्थित सहभागीहरुले आफ्नो जिज्ञासा सहितको प्रतिक्रिया पनि दिएको बुझिएको छ। कार्यक्रममा कुल ६ सयको संख्यामा सहभागीहरुको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

