उमेश बि.क / नवलपरासी , २० मंसिर
पश्चिम नवलपरासीकाे प्रतापपुर गाउँपालिकामा अवस्थित त्रिभुवन मा.वि. बेलाटारी प्रतापपुरको आयोजनामा चौथो प्रतापपुर गाउपालिका स्तरिय आधारभुत खेलकुद प्रतियोगिता मंगलबार देखी सुरु भएको छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भगवन्ती पजिंयारको अध्यक्षता तथा प्रतापपुर गाउपालिकाको अध्यक्ष उमेश चन्द्र यादवको प्रमुख आतिथ्यतामा सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै यादवले विद्यालय स्तर बाट खेलाइने खेलकुद प्रतियोगिताबाट राष्ट्रले असल खेलाडी उत्पादन गर्ने कुरा बताउदै अनुशासित खेलाडीले नै असल र उत्कृष्ट नतिजा प्राप्त गर्न सक्ने धारणा राख्नुभयो । प्रतापपुर गाउपालिका अन्र्तगत बाट १८ आधारभुत विध्यालय, प्राथमिक विद्यालय र निजी विध्यालय समेतको सहभागिता रहेको प्रतियोगितामा ४ सय खेलाडी छात्रछात्राहरुको उपस्थिती रहेको खेल शिक्षक राजु बरईले जानकारी दिनुभयो ।
कार्यक्रममा अक्षयकोष दाता यर्मेन्द्र उपाध्यायलाई कदरपत्र सहित सम्मान गरिएको थियो । स्वास्थ्यका लागी खेलकुद र राष्ट्को लागी खेलकुद भन्ने मुल नाराका साथ आयोजना गरिएको अन्तर आधारभुत खेलकद प्रतियोगिता ४ दिन सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । खेलकुद प्रतियोगिता सञ्चालन स्थलमा त्रिभुवन मा.वि. बेलाटारीका छात्रछात्राहरुद्वारा निर्माण गरिएको विज्ञान तथा प्रविधिको प्रदर्शन गरेका थिए ।
सो अवसरमा प्रतापपुर गाउपालिका उपाध्यक्ष मान कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत चिरञ्जिवी घिमिरे, पुर्व प्र.अ. सत्य देव पाण्डे लगाएतले मन्तब्य राख्नुभएको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

