नवलपरासी , २० मंसिर
पश्चिम नवलपरासिको सरावल गाउँपालिका वडा नम्बर -६ पुसाैलीमा लागू औषध दुर्ब्यसन सम्बन्धि सडक नाटक तथा मन्चिय कार्यक्रम सोमबार सम्पन्न भएको छ । स्वस्थ, सबल र समृद्ध नेपालकाे प्रतिबद्धता : लागू पदार्थ दुर्व्यसन विरुद्धको एेक्यवद्धता भन्ने नाराका साथ पब्लिक फाउन्डेसनको आयोजना तथा सरावल गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
फाउन्डेसनका जिल्ला अध्यक्ष महेश यादवको अध्यक्षता तथा सरावल- ६ का वडा सदस्य चन्द्रभान चौधरिको प्रमुख अतिथतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी चौधरिले वर्तमान अवस्थामा समाज लागू पदार्थको दलदलमा फस्दै गएको हुदा यसलाइ न्यूनीकरण गर्न सबैले आफ्नै परिवार बाट सचेतना फैलाउनुपर्ने बताउनुभयो । साथै उहाले लागू औषध दुर्व्यसन विरुद्धको सडक नाटकले पनि समाज लाई सुसोचित गर्न अहम भुमिका खेल्ने भएको हुदा यस सडक नाटक बाट सबैले सिकेको कुरा ब्यवहारमा उतार्दै युवा पुस्तालाइ लागू औषधको लत बाट बचाउन जरुरी रहेको समेत बताउनुभएको थियो ।

सो अवसरमा बोल्दै फाउन्डेसनका अध्यक्ष महेश यादवले पछिल्लो समय युवा पुस्ता लागू औषध तथा कुलतमा फस्दै गइरहेको भएतापनी ती युवाको भबिस्यलाई लिएर हाम्रो समाज बेखबर रहेको चिन्ता ब्यक्त गर्दै अब भने युवालाइ आ आफ्नै टोल बाट विभिन्न माध्यम बाट सचेतना फैलाउदै जागरुक बनाउन फाउन्डेसन अगाडि बढेको बताउनुभयो । यादवले लागु औषधले मानिसको जीवन लाई अन्धकार बनाउने भएको हुदा यसबाट बच्न हामी लागू औषध बाट टाढा बस्नुपर्ने र समाजमा यसको बहिस्कार गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा विमल्ता कुमारी गाैड,कुमारी मन्जुला चाैधरी, सरस्वती कुमारी कहाँर,सपना बेल्दार, नितेश कुमार गाैड, राहुल कुमार कहाँर, राकेश कुमार सहानि,जनार्दन यादव, घनश्याम गाैड, टीका कुमारी यादव लगाएतको कलाकारहरुकाे समुहले समाजमा झझल्को दिने लागू औषध दुर्ब्यसन विरुद्धको सडक नाटक प्रस्तुत गरेको हुदा फाउन्डेसनले ती सबै कलाकारलाइ सम्मान पत्रद्वारा सम्मान गरेको थियो भने अतिथिहरुलाइ सम्मानपत्रले सम्मानित समेत गरेको थियो ।
सो अवसरमा अतिथिहरु समाजसेवी सफिउल्लाह अंसारि, मुकेश कुमार गाैड, अजय कुमार गाैड, फाउन्डेसनकि जिल्ला उपाध्यक्ष पुनिता कुमारी नाउँ, सामुदायिक रेडियो दाउन्नेका समाचार प्रमुख टेक बहादुर हरिजन लगाएतले मन्तब्य राख्नुभएको थियो । सो अवसरमा विभिन्न सङ्ग सस्थाका प्रतिनिधि, जनप्रतिनिधि, पत्रकार लगाएत टोलबासिको सहभागिता रहेको कार्यक्रमको सञ्चालक फाउन्डेसनका कोषाध्यक्ष सुरेश यादवले गर्नुभएको थियो ।

फाउन्डेसनले अभियानकै रुपमा जनचेतनामूलक सडक नाटक कार्यक्रम अन्तर्गत , बालविवाह विरुद्ध सडक नाटक सरावल -६ सानाे गडाैरीमा ,महिला हिंसा सम्बन्धि सडक नाटक सरावल-६ कुर्थावलमा , दाईजो प्रथा विरुद्ध सडक नाटक सरावल-६ मधवलियामा सम्पन्न गरिसकेको र उक्त अभियानको एक कार्यक्रमका विच औपचारिकताका साथ समापन गरिएको फाउन्डेसनका जिल्ला अध्यक्ष महेश यादवले जानकारी दिनुभएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

