Rashtriya Dainik

माटो जोगाउनु सबैको कर्तब्य – उपाध्याय

रवि पाण्डेय/ नवलपरासी , १९ मंसिर
विश्व माटो दिवसको अवसरमा बर्दघाट नगरपालिका कृषि विकास शाखाले सोमवार कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम पूर्व चिसापानी चोक हुदै नगरपालिका कार्यालय सम्म प्रभातफेरी गरिएको थियो । यो विश्व माटो दिवसको नवौ संस्करण हो ।
प्रभातफेरी पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्र प्रकाश उपाध्यायले माटो जोगाउनु सबैको कर्तब्य रहेको बताउनुभयो । उहाँले त्यसका लागि नगरपालिकाले बिशेष कार्यक्रम ल्याउने जानकारी दिनुभयो । सबै मिलेर मात्र माटो जोगाउन पहल पुग्ने उहाँले बताउनुभयो ।
उक्त कार्यक्रममा नगरपालिकाका कृषि बिज्ञ सल्लाहकार चक्रपाणी पन्थी, कृषकहरु देवी बस्याल , खुमानन्द पन्थलगायतले बोल्नुभएको थियो । कार्यक्रममा माटोको अवस्था बारे कृषि प्राबिधिक राजेन्द्र पन्तले सहजीकरण र कृषि विकास शाखाका जेटीए खुमाकान्त न्यौपानेको संचालन रहेको थियो । स्वस्थ माटोको महत्वमा विश्वको ध्यान केन्द्रित गर्न हरेक वर्षको डिसेम्बर ५ तारिखमा विश्व माटो दिवस मनाईन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित