नवलपरासी, १९ मङ्सिर । संघीय सांसद बिनोद चौधरीले पश्चिम नवलपरासीको समृद्ध विकास का लागीे राष्ट्र सेवक कर्मचारीहरु बहस पैरवी अघि बढाउनुभएको छ । पश्चिम नवलपरासीको परासीमा चौधरीले सम्पुर्ण सरकारी कार्यालय प्रमुखहरु बिच छलफल तथा बहस चलाउदै जिल्लामा कार्यान्वयनमा आउने सवै साना ठुला योजना तथा आयोजनाहरुलाई सययमै र पारिदर्शी रुपमा निमार्ण सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।
छलफलको क्रममा हाल जिल्लामा पालिका स्तर देखी प्रदेश र संघीय सरकारको लगानी भईरहेका योजना तथा आयोजनाहरुको विस्तृत अवस्था र आगामी दिनमा गर्न सकिने प्रयास वारे बृहद छलफल गरिएको थियो ।
बहस पैरवी छलफलमा बोल्दै पश्चिम नवलपरासी निर्वाचन क्षेत्र १ बाट निर्वार्चीत सांसद चौधरीले समृद्ध नवलपरासीको विकासमा आफु राष्ट्र सेवक कर्मचारीहरुको सहयोग र साथबाट अघि बढ्न चाहेको विस्वास व्यक्त गर्नुभयो ।
सो क्रममा चौधरीले बिकासका लागी स्थानिय तह , प्रदेश सरकार र संघीय सरकारको सहजीकरणमा हाल जिल्लामा कार्यान्वयनमा रहेका विकास निमार्णका कामलाई तिब्र रुपमा अघि बढाउने विस्वास व्यक्त गर्नुभयो ।
छलफल कार्यक्रममा जिल्लामा हालसम्म सञ्चालनमा रहेका स्थानिय तह देखी राष्ट्रिय गौरवको आयोजना विस्तृत अवस्था , समस्या , र समाधानको दिर्घकालीन उपाय वारे बहस गरिएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

