Rashtriya Dainik

सरावल गाउँपालिका अन्तर्गत झरही खोलाबाट अवैध रुपमा बालुवा उत्खनन ,ट्याक्टर प्रहरीकाे नियन्त्रणमा

अारपि उपाध्याय / नवलपरासी , १९ मंसिर
पश्चिम नवलपरासीको सरावल गाउँपालिका अन्तर्गत झरही खोलाबाट अवैध रुपमा बालुवा उत्खनन गरि ट्याक्टरमा लैजादै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला अन्तर्गत सरावल गाउँपालिका वडा न.६ बडसारे इलाकाबाट बालुवा निकाली लु३त८३११ नम्बरको ट्याक्टरमा लोड गरि लैजादै गरेको अवस्थामा प्रहरी चौकी भुजवहाको जनशक्तिले सोमबार दिउँसो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभएको छ। प्रहरीले नियन्त्रणमा लिएको बालुवा सहितको ट्र्याक्टरलाइ आवश्यक कारवाहिको लागि सरावल गाउँपालिकाको कार्यालयमा पठाइएको प्रहरीले बताएको छ। नदि र खोलाजन्य पदार्थलाई अवैध रुपमा उत्खनन गर्न नपाइने कडा प्रावधान भएपनि केहि अवैधकर्मीहरुले सुनसान ईलाकाबाट बालुवा,गिट्टी पदार्थ झिक्ने क्रम जारी नै रहेकोले प्रहरी निकाय पनि गोप्य सुचनाको आधारमा अवैध सामाग्री सहित सवारी साधन नियन्त्रणमा लिने प्रक्रिया बढाएको छ। यसै क्रममा बर्दघाट नगरपालिका अन्तर्गत खजुरा खोलाबाट पनि अवैध रुपमा खोलाजन्य सामाग्री उत्खनन हुन थालेको पनि बुझिन आएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित