Rashtriya Dainik

फरक क्षमता भएका समुदायलाई राज्यले उचित स्थान दिनुपर्ने : सांसद चौधरी

नवलपरासी , १७ मङ्सीर ।

नेपाली कांग्रेसका नेता एवंम् संघीय सांसद बिनोद चौधरीले फरक क्षमता भएका ( अपाङ्ग ) समुदायलाई राज्यले उचित स्थान दिनुपर्ने बताउनुभएको छ ।

पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं १ बाट निर्वार्चित प्रतिनिधि सभा सदस्य चौधरीले आज चौधरी फाउण्डेसनले बर्दघाट नगरपालिका भित्र रहेका फरक क्षमता भएका व्यक्तीहरुलाई उपलब्ध गराएको सहायता सामाग्री हस्तान्तरण गर्दै यस्तो बताउनुभएको हो ।

यो देशको चौतर्फी बिकासमा फरक क्षमता भएका ( अपाङ्ग ) सामुदायको उत्तिकै महत्व रहेको जिकिर गर्दै सांसद चौधरीले फरक क्षमता भएका ( अपाङ्ग ) सामुदायको उचित सहयोग र सहकार्य गर्न राज्य थप लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

सो क्रममा चौधरी फाउण्डेसका सचिव सारिका चौधरीले फाउण्डेसन हरेक नेपालीको खुस दुखमा साथमा रहदै आएको र आगामी दिनमा पनि सक्दो सहयोग गर्ने बताउनुभयो ।

३१ औं अन्तराष्ट्रिय अपाङ्ग दिवस २०७९ को अवसर पारेर चौधरी फाउण्डेसनले बर्दघाट नगरपालिका र सुस्ता गाउंपालिकामा विभिन्न सहायता सामाग्री (हृवीलचेयर , एयरफोन , वालकर , सेतोछडी , बैशाखी ) लगायतका सामाग्री उपलब्ध गराएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित