अारपी उपाध्याय / नवलपरासी , १७ मंसिर
ब्रहम कुमारी इश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्र त्रिवेणीको आयोजनामा नवलपुर जिल्ला निर्वाचन क्षेत्र न.२ को नवनिर्वाचित संघीय सान्सदलाइ एक कार्यक्रमका बिच स्वागत,सम्मान गरिएको छ। नवनिर्वाचित संघीय सान्सद विष्णु कुमार कार्कीलाई स्वागत गर्दै ब्रहम कुमारी लक्ष्मी बहिनीले मानवीय सेवामा सधैं समर्पित रहन शुभ आशिर वचन दिनुभएको थियो। सो अवसरमा प्रतिनिधि सभा सदस्य कार्कीले नागरिकको सुखदुःखमा समर्पित रहने कार्यमा पुर्ण प्रतिबद्ध रहने बताउनु भयो। कार्यक्रममा ब्रहम कुमारी लक्ष्मी बहिनीले आश्रमको अवस्था र चुनौतीबारे जानकारी गराउदै आगामी दिनमा काधमा जिम्मेवारी, हृदयमा इमान्दारी पुर्वक काम गर्न शक्ति मिलोस भन्ने कामना गर्नु भएको ब्रहम कुमारी जानकी बहिनीले जानकारी दिनुभएको छ। सो अवसरमा त्रिवेणी स्थित संघसस्थाका प्रतिनिधि,राजनिती दलका कार्यकर्ता र स्थानीय सञ्चारकर्मीहरुको पनि उपस्थिति रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

