अारपि उपाध्याय / नवलपरासी , १७ मंसिर
नेपाली काङ्ग्रेस नवलपुरको आयोजनामा नेपाली काङ्ग्रेसको तर्फबाट प्रतिनिधि र प्रदेश सभामा विजयी उम्मेदवारहरुलाइ एक कार्यक्रमका बिच कावासोतिमा बधाइ एवम् सम्मान गरिएको छ। नवलपुर काङ्ग्रेसद्वारा आयोजित सम्मान कार्यक्रममा पुर्वी नवलपरासी क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्य पदका विजयी उम्मेदवार प्राध्यापक सशाङ्क कोईराला, क्षेत्र न. २ मा प्रतिनिधि सभा सदस्य पदमा विजयी हुनुभएका विष्णु कुमार कार्की र गण्डकी प्रदेश सभा सदस्य पदका विजयी उम्मेदवार महेन्द्रध्वज जि.सी. लाई कदरपत्र सहित भव्य सम्मान एवम् स्वागत गरिएको पार्टीका सचिव होमराज रानाभाटले जानकारी दिनु भएको छ। बधाई एवम सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित प्रतिनिधि सभा सदस्य कोइरालाले संविधानको रक्षा गर्नु हामी सबैको परम कर्तव्य रहेको धारणा राख्दै आपसी मत मतान्तरलाई त्यागेर पार्टीलाइ अझ बढी मजबुद बनाउनु पर्ने विचार व्यक्त गर्नुभयो। कार्यक्रममा नवलपुर क्षेत्र न.२ मा विजय हुनुभएका प्रतिनिधि सभा सदस्य कार्कीले समृद्ध र उज्यालो नवलपुर बनाउने कार्यमा आफू लागि पर्ने बताउदै निर्वाचनको समयमा मतदातालाई दिएको वचन पूरा गर्न मन,कर्म र बचनबाट प्रतिबद्ध रहने विचार व्यक्त गर्नुभयो। नेपाली काङ्ग्रेस नवलपुरका सभापति महेन्द्रध्वज जि.सी. को अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णु लामिछाने, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, माओवादी केन्द्रका केन्द्रीय सदस्य किसन शर्मा गैरे, नेपाली काङ्ग्रेस नवलपुरका उपसभापति चन्द्रबहादुर राना लगायतले सम्मान कार्यक्रममा आफ्नो धारणा राख्नुभएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

