उमेश बि.क / नवलपरासी , १६ मंसिर
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर २ मनरी र पाणाटिकर जोड्ने गरी पुलकाे सिलन्यास गरिएको छ ।
शुक्रबार एक कार्यक्रमका बीच सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले पुलको सिलन्यास गरेका हुन्।

भूमि पूजा गर्दै पुलको सिलन्यास गरेका पालिका अध्यक्ष चाैधरीले पुलको निर्माणले यस क्षेत्रको विकासमा कायापलट गर्ने विश्वास व्यक्त गरे। उनले भने, ‘यो पुलको निर्माणसँगै सरावल गाउँपालिका र रामग्राम नगरपालिका जोड्ने र विकास गर्ने गरी कामको सुरुवात भएको छ। यसले सरावल गाउँपालिका , रामग्राम नगरपालिका र सुनवल नगरपालिका जोड्ने भएकोले अावतजावतमा सरल हुने बताउनु भएको हाे ।

उनले भने, ‘यो पुलले किसान तथा स्थानीयबासिलाई सुगम बनाउने छ। विकासका काम आवश्यकता र महत्त्वका आधारमा सञ्चालन गर्नुपर्छ। यस्ता काम गर्दा धेरैभन्दा धेरै नागरिकले सुविधा पाउने गरी प्राथमिकतामा राखेर गर्नुपर्छ।’

मनरी घाेलामा पुल नहुँदा किसानलाई दु:ख रहेकोमा पुलले सहजता ल्याउने अपेक्षा गरिएको छ। स्थानीयले वर्षौंदेखि माग गर्दै आएको पुल हाल करिब १ करोड ५० लाखको लागतमा बन्न लागेको हो।

पुल सिलन्यास कार्यक्रममा पालिका उपाध्यक्ष बासमति हरिजन , वडा न० २ का कार्यवाहक वडा अध्यक्ष तुफानि गुप्ता ,बासा प्रहरी चाैकि ईन्चार्ज यादव न्याैपाने ,समाजसेवि भेषनरायण चाैधरी ,सुसान्त घिमिरे ,गाेपिचन्द हरिजन ,नगेन्द्र बहादुर चाैधरी ,जेके काेईरी लगाएतकाे सहभागीता रहेको गा.पा अध्यक्षकाे स्वकिय सचिव सन्जय माैर्यले जानकारी दिनुभएको हाे ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

