उमेश बि.क / नवलपरासी , १६ मंसिर
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले नवनिर्वाचित प्रतिनीधि तथा प्रदेश सभा सदस्यहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नरायण उपाध्यायको अध्यक्षता तथा निर्वाचन क्षेत्र नं १ बाट नवनिर्वाचित प्रतिनीधि सभा सदस्य बिनाेद चाैधरीको प्रमुख अातिथ्यतामा सम्पन्न भएको छ।
मंसिर ०४ गते सम्पन्न प्रतिनिधी तथा प्रदेश सभा सदस्यको निर्वाचनमा पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं ०१ बाट निर्बाचित भएका प्रतिनिधी सभा सदस्य नेपाली काङ्ग्रेसको बिनाेद चाैधरी , १ क बाट नेपाली काङ्ग्रेसकाे निर्वाचीत भएका लुम्बिनी प्रदेश सभा सदस्य विश्वप्रेम पाठक, १ ख बाट नेपाली कांग्रेस तर्फका देवकरण कलवार सन्तुलाई पालिकाले बधाई सहीत शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधी सभा सदस्य तर्फ निर्वार्चीत चौधरीले यस क्षेत्रको चौतर्फी बिकासमा आफु दिन रात नभनिकन जनताको काममा सदैभरी क्रियाशिल हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै लुम्बिनी प्रदेशसभा सदस्य कलवारले आफ्नो कार्यकालमा जनतालाई प्रत्यक्ष महसुस हुने काम गर्ने बताएका छन। आगामी निर्वाचनमा मत माग्न जाँदा जनताले मेरो कामको आधारमा भोट गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य पाठकले यस क्षेत्रकाे समग्र विकासको लागि आफू कुनै कसर बाँकी नराख्ने बताएका छन्। आगामि दिनमा जनताले मैले गरेको कामको प्रत्यक्ष लाभ लिन सक्ने बताएका छन् ।
कार्यक्रममा सुस्ता गाउँपालिकाकाे उपाध्यक्ष गिता कुमारी चाैधरी, प्रमूख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पाैडेलले स्वागत सहित सम्मान गर्नुभएको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

