Rashtriya Dainik

सुनवल सामुदायिक बिकास केन्द्रकाे अध्यक्षमा पुन : सपना अधिकारी थापा

राष्ट्रिय दैनिक / नवलपरासी , १६ असाेज
सुनवल सामुदायिक बिकास केन्द्रको अाइतबार सुनवलमा सम्पन्न २२ अाैँ वार्षिक साधरण सभा एवं १० अाैँ अधिवेशनले सपना अधिकारी थापालाई पुनः अर्को कार्यकालका लागि अध्यक्ष चयन गरेको छ ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १ शान्तिटोलमा अवस्थित सुनवल सामुदायिक बिकास केन्द्रको २२ अाैँ वार्षिक साधरण सभा एवं १० अाैँ अधिवेशन सम्पन्न भएको हाे ।

अध्यक्ष रहेकाे थापालाई साधारणसभा तथा अधिवेशनले पुनः अध्यक्ष पदमा चयन गरेको हो ।

उक्त केन्द्रको उपाध्यक्षमा ठाकुर प्रसाद खनाल
,काेषाध्यक्ष देव कुमारी घिमिरे ,सचिव जयराम बस्याल ,सहसचिव प्रदिप अर्याल ,सदस्य लक्ष्मी तिवारी ,सदस्य लक्ष्मी बस्याल पाैडेल,सदस्य देव लक्ष्मी कर्माचार्य चयन हुनुभएको हाे।

सुनवल सामुदायिक बिकास केन्द्रकी अध्यक्ष सपना अधिकारी थापाको अध्यक्षता तथा सुनवल नगरपालिका उपमेयर सुर्य प्रसाद दुबेकाे प्रमुख अातिथ्यता एवं पाल्हिनन्दन गाउँपालिका कार्यवाहक अध्यक्ष फातुमा खातुन अन्सारीकाे विशेष अातिथ्यतामा वार्षिक साधरण सभा एवं अधिवेशन सम्पन्न भएको हो।

२२ अाैँ साधारणसभा एवं १० अाैँ अधिवेशन कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि सुनवल नगरपालिका उपमेयर दुबेले यश संस्थाले समुन्नत समाज निर्माणका लागि समाजमा स्थापित गर्न अहम भुमिका खेलेको बताउदै सुनवल नगरपालिका भित्रकाे उदाहरणीय संस्था याे सुनवल सामुदायिक बिकास केन्द्र रहेको बताउनु भएको हाे। समाजमा अति विपन्न , काेभिड प्रभावित ,पछाडी परेको , अपांग , एकल महिला लगाएतकाे वर्गहरुलाई राेजगारसंग जाेडेर अार्थिक उन्नति गरेको बताउदै याे परियोजनाकाे कार्यक्षेत्र पाल्हिनन्दन र प्रतापपुर गाउँपालिकामा मात्र सिमित नराखी सुनवलमा पनि ल्याउन अनुरोध गर्नुभएको थियो । पिछडिएको क्षेत्र उत्थानकाे लागि यश संस्थाको कार्यसमितिकाे नेतृत्व निकै स्राहनिय रहेकाे बताउदै खुलेर प्रसंसा गर्नुभएको थियो ।

त्यस्तै पाल्हिनन्दन गाउँपालिका कार्यवाहक अध्यक्ष फातुमा खातुन अन्सारीले सुनवल सामुदायिक बिकास केन्द्रले समाजमा उदाहरणीय काम गरेको र पाल्हिनन्दन गाउँपालिकाले गर्ने काम यश संस्थाले गरेको बताउदै प्रशंसा सहित निकै खुशी ब्यक्त गर्नुभएको थियो । संस्थाले सामाज परिवर्तन अहम भुमिका खेलेको बताउदै यश संस्थाले हरेक कामकाे पार्दर्शिता र जवाफदेहिता सहित विभिन्न कार्यक्रममा अाफुहरुलाई सहभागी गराई काम गरेको याे निकै उदाहरणीय काम गरेको बताउदै पालिकाबाट हुने समन्वय सहयोग र साथका लागि हमेशा तत्पर रहने प्रतिबद्धता सहित संस्थाकाे प्रगतिकाे शुभकामना ब्यक्त गर्नुभएको थियोे ।

त्यस्तै पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३ वडा अध्यक्ष गाेधन प्रसाद हरिजनले पाल्हिनन्दनमा यश संस्थाले निकै प्रभावकारी रुपमा काम गरेको बताउदै गरिबका रेखामुनि रहेको जनतालाई सबल सक्षम बनाउन सफल भएको प्रसंसा ब्यक्त गर्दै संस्थाकाे निरन्तर प्रगतिकाे कामना सहित शुभकामना ब्यक्त गर्नुभएको थियोे ।

कार्यक्रममा उद्योग बाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य , महिला उद्यम अध्यक्ष एवं वडा नम्बर ११ वडा सदस्य तारा सुनार ,महिला उद्यम केन्द्र वडा १३ सचिव नमिता थापा लगाएतले सुनवल सामुदायिक बिकास केन्द्रले समाज कल्याणका लागि खेलेको भुमिका र क्रियाकलापकाे खुलेर प्रशंसा गर्दै नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै संस्थाको उत्तराेत्तर प्रगतिकाे शुभकामना ब्यक्त गर्नुभएको थियो ।

संस्थाको वार्षिक नीति तथा कार्यक्रम संस्थाको सचिव ठाकुर प्रसाद खनाल तथा लेखा प्रतिवेदन काेषाध्यक्ष प्रतिमा बि.कले गर्नुभएको थियो ।

परियोजनाकाे प्रगति प्रतिवेदन काेभिड १९ बाट प्रभावित नेपाली समुदायको लागि अार्थिक पुर्न जिवित परियोजना संयाेजक सुस्मिता शर्मा , घरेलु हिंसा न्युनिकरणकाे लागि सामुदायिक मेलमिलाप तथा सम्बाद परियोजना संयाेजक कृष्ण पाण्डेय ,लैंगिक समानता परियोजना संयाेजक राधा सापकोटाले गर्नुभएको थियोे ।

संस्थाकाे उपाध्यक्ष देव कुमारी घिमिरेको स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रम घरेलु हिंसा न्युनिकरणकाे लागि सामुदायिक मेलमिलाप तथा सम्बाद परियोजना संयाेजक कृष्ण पाण्डेयले सन्चालन गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित