Rashtriya Dainik

पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

भरतपुर ,८ असोज । पहिराका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ।

शुक्रबार राति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

अहिले दुवैतर्फ सडक अवरुद्ध भएपछि बाटो जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । गन्तव्यमा हिँडेका सयौँ सवारी साधन र यात्रु बाटैमा रोकिएका छन् ।

यो वर्ष मात्रै सो सडकखण्डमा दर्जनौँ पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित