Rashtriya Dainik

सरावलको कृषि क्षेत्रमा सिँचाईको सहज पहुँच बढाउन विद्युतिकरणकाे काममा तिब्रता

नवलपरासी , ६ असोज । नवलपरासीको सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले कृषि क्षेत्रको सिँचाईका लागि विद्युतिकरणका कार्यमा तिब्रता दिएका छन् । पालिका भित्रको कृषि क्षेत्रमा सहज र छिटो सिँचाईको पहुँच बढाउनका लागि विभिन्न वडाहरुमा विद्युतिकरणको कार्यमा तिब्रता दिइएको छ । पालिकाको विभिन्न वडाहरुमा विद्युत पु¥याएर विद्युति मोटर मार्फत खेतीपाती सिँचाईमा किसानहरुको पहुँच बढाउन उक्त कार्यमा लागेको अध्यक्ष चौधरीले जानकारी दिनु भयो ।

गाउँपालिका अध्यक्ष चौधरीले, यो कृषिको प्रचुर सम्भावना बोकेको यस पालिकामा रहदै आएको सिँचाईको समस्या सामाधान गर्न र सहजै सिँचाईको व्यवस्था मिलाउनका लागि पालिकाको विभिन्न वडाहरुमा विद्युत प्राधिकरण परासीको आर्थिक तथा प्राविधिक सहयोग र पालिकाको समन्वयमा विद्युतियकरणका कार्यहरु भैरहेको जानकारी दिनु भयो । अध्यक्ष चौधरीले, गोबरहिया–हातिबन, पुर्नहाँ–ललितपुर, ललितपुर–कुर्थावल र कुर्थावल–गडौरी जोडने कृषिक्षेत्रमा विद्युतकरणका लागि पोलहरु धाँनिके कार्य अगाडी बढेको बताउनु भयो । उहाँले विद्युत पाेल धाँस्दा विवाद अाउने ठाउँमा विवाद मिलाउने र सहजीकरणका काममा पालिकाकाे अहम भुमिका रहदै अाएकाे बताउनु भयाे ।
सरावल गाउँपालिकाले यहाँको कृषि क्षेत्रको विकास लागि अनुदानमा विउबिजन, मलखाद, कृषि यन्त्र, बोरिङ्ग, पम्पिङ्गसेट सहितका उपकरणहरु वितरण गर्दै आएको छ भने व्यवसायिक खेती र कृषिमा आधुनिकरणका लागि पनि कार्य गर्दै प्राविधिक सहयोग गर्दै आएको अध्यक्ष चौधरीले जानकारी दिनु भयो । यहाँका जनताहरुको मुख्य पेशा कृषि रहेकाले कृषिलाई प्राथमिकतामा राखी विभिन्न लोकप्रिय योजनाका साथ अगाडी बढिएको पालिकाले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित