Rashtriya Dainik

लहान अस्पतालमा डेन्टल सेवा सुरु

महेश सिंह सिरहा लहान ६ असोज – प्रादेशिक अस्पताल लहानमा विभिन्न रोगका उपचार संगै करिब एक बर्ष देखि दातको विभिन्न रोगहरुको उपचार सुरु गरेका छन्।

दातका विशेषज्ञ डा.पंकज साह ( BDS,MDS) र राकेश साह डेन्टल हाईजिङ्गस्टको सेवा लहान अस्पतालमा सुरु भएका छन्।धरानका बिपी कोइराला ईन्स्टिच्युट अफ हेल्थ साईन्सेज बाट अध्यन गरेका डाक्टर साहको सेवा लहान अस्पतालमा सुरु भएका छन्।

अस्पतालले सार्बजनिक बिदा बाहेक ओ.पी.डी.सेवा संचालनमा ल्याएका छन्।अस्पतालले दात उपचारमा गरिने सेवा अन्तर्गत दात सफा,दात निकाल्ने,दात भर्ने,दातको RCT गर्ने,दातको जरैदेखि उपचार गर्ने,दातको एक्सरे गरिनुका साथै बच्चाहरुको दातको उपचार लगायत मुखको क्यान्सर सम्बन्धि सल्लाह सुझाव समेत दिने गरेका डाक्टर पंकज साहले बताए।

दैनिक रूपमा करिब एक दर्जन भन्दा बढी बिरामीहरु उपचारको लागी आउने गरिएको अस्पतालका प्रशासन कर्मचारी बिमला थापाले जनाए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित