राजन कुमार बानिया /पर्सा ६ असोज
दुई/दुई पटक दुवै सभाबाट पारित नागरिकता विद्येयक प्रमाणिकरण नगरेको भन्दै वीरगञ्जमा राष्ट्रपति विद्या देवी भण्डारीको राजीनामा माग गरिएको छ ।
नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ् कम्युनिष्ट लिग (वाईसिएल) नेपाल पर्साले राष्ट्रपति भण्डारीको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेको हो
वाईसिएल पर्साका संयोजक दिपेन्द्र सिंह पटेलको अध्यक्षतामा वीरगञ्जको घण्टाघरमा भएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै वाईसिएल नेपालका केन्द्रीय सदस्य एवम् पर्सा जिल्ला ईन्चार्ज सन्तोष पटेलले संविधानको रक्षा गर्नेले नै उलंघन गरेको बताए । लाखौ नागरिकलाई अनागरिक बनाएर गैरकानुनी कदम चाल्ने राष्ट्रपति भण्डारीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने पटेलको भनाई छ ।
विरोध प्रदर्शनमा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन मधेश प्रदेशका सचिव विवेक शाह, विद्याला यादव, महेश पटेल लगायतले सम्बोधन गर्दै भण्डारीको राजीनामा माग गरेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

