उत्तमकुमार थापा
सामाजिक विकास कार्यालय चैनपुर बझाङकाे समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
आज एक कार्यक्रमका विच समन्वय समिति बझाङकाे सभाहलमा अघिल्लो बर्षकाे समिक्षा तथा आर्थिक बर्ष २०७९/०८० काे वार्षिक कार्यक्रम तथा बजेट सम्वन्धि सराेकारवालाहरुका लागि अभिमुखीकरण कार्यक्रम गरिएको थियाे ।
सामाजिक विकास कार्यालयकाे आयाेजनामा सुरु भएको कार्यक्रममा जिल्ला समन्वय समिति सँयाेजक नरबहादुर बाेहराकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि जयपृथ्वी नगरपालिका प्रमुख चेतराज वजाल रहनु भएको थियाे । मेयर वजालले शब्द बाचनद्वारा व्यानर उद्घघाटन गर्नु भएको थियाे । कार्यक्रममा स्वागत मन्तव्य सहित कार्यक्रम बारे प्रस्तुति सामाजिक विकास कार्यालय प्रमुख बिरबहादुर धामीले गर्नु भएको हाे ।
जिल्लामा रहेको सामाजिक विकास कार्यालयले विभिन्न स्थानीय तहमा विद्यालयका भवन पुस्तकालय,विभिन्न शिक्षा सम्वन्धि जनचेतनामूलक कार्यक्रम राेजगारी दिन सीप विकास तालीम लगाएत गर्नु भएको सेटेलाईट मार्फत प्रस्तुतिकरण गर्नु भएको थियाे । जसमा ४५२ वटा विद्यालयहरु रहेका छन । विद्यालयकाे भाैतिक सँग्रचना निर्माण गर्नेकाम गर्दै आएकाे पाईन्छ । जिल्लामा पुर्वका दिन भन्दा कार्यालय प्रमुख विरबहादुर धामी प्रमुख भएर आएपछि स्टमेट अनुसार काम हुन थालेको र शिक्षामा जाेड दिन राम्रो उत्कृष्ट भवन निर्माण गर्ने काममा ईन्जिनियर लगाएत कर्मचारी लागिपरेको बताए ।
अघिल्लो बर्ष ११ कराेड ९२ मा ११ कराेड ४० लाख खर्च भएको पाईन्छ । जसमा कार्यालयले भाैतिक प्रगति ९७ % सम्पन्न भएको बताएको छ । कार्यालयले कुनै कुनै विद्यालयमा राम्रो काम नगरेको भन्दै,राम्रो काम गर्न आग्रह गर्दै नराम्रो पैशा पचाउन बनाईएकाे भवन भत्किएको र नयाँ राम्रो भवन बनाउन लगाएको ईन्जिनियर यम रावतले बताए । कार्यालयमा बेरुजकाे अवस्था छैन । सामाजिक विकास कार्यालयले जिल्लामा धेरै राम्रो काम गरेको जनप्रतिनिधि र स्थानीयहरुकाे भनाइ रहेको छ । यस आर्थिक बर्षमा १८ कराेड २१ लाख बजेट रहेकाे छ । जसमा कार्यक्रम सञ्चालन कर्मचारी गाेविन्द्र सार्कीले गर्नुभएको हाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

