बिरगंज, ६ असोज / बारा प्रहरीले लागु औषध गाजा सहितको टेम्पु र चालकलाइ नियन्त्रणमा लिन सफल भएको छ । बिशेस सुचनाको अधारमा प्रहरी चौकि पथलैयाबाट खटिएको प्रहरी टोलिले लागु औषध गाजा बोकेको टेम्पु र चालक सहित सवार रहेको एक ब्यक्तिलाइ नियन्त्रणमा लिन सफल भएको हो ।
आज बिहान करीब ६ बजेको समयमा सुचना पाउनसाथ प्रहरी चौकि पथलैयाबाट प्रहरी सहायक निरीक्षक मनोज यादवको कमान्डमा खटिएको टोलिले ना १ ह ५८९३ नम्बरको टेम्पूमा लोड रहेको ३२ किलोग्राम लागु औषध गाजा सहित दुइ जनालाइ नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ । बारा प्रहरीले जनाए अनुसार मकवानपुर जिल्लाको हेटौडा उप-महानगरपालिका वडा नम्बर १९ बस्तिपुर बस्ने हिरालाल स्याङ्गतान र सोहि निवासी लक्षमि मोक्तानलाइ नियन्त्रणमा लिएको जनाएको छ ।
यता इलाका प्रहरी कार्यालय सिमराले पक्राउ गरिएको लागु औषध गाजा सहितको टेम्पु र चालकका साथै सवार रहेको ब्यक्ति माथि अनुसन्धान भइरहेको जनाएको छ । लागु औषध सहित पक्राउ परेकाले उनिहरूलाइ म्याद थप गरि अनुसन्धान गरिने इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

