राष्ट्रिय दैनिक / नवलपरासी , ६ असाेज
पश्चिम नवलपरासीको सदरमुकाम परासी स्थिति बुद्धचाेकमा विश्व शान्ति दिवसकाे अवसरमा दिप प्रज्वलन गरिएको छ।
एमनेस्टी इंटरनेशनल समूह ३१ नवलपरासीकाे अायाेजनामा शान्ति र अमनका लागि विश्व शान्ति दिवसकाे अवसरमा दिप प्रज्वलन गरिएको हाे।

समूह ३१ परासीका अध्यक्ष सद्दाम हुसेन अन्सारीको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जैसवालकाे प्रमुख अातिथ्यतामा भएको कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि जैसवालले “युद्ध, हिंसा, हुलदङ्गा र सबै प्रकारका अशान्तिबाट स्वतन्त्र रहन पाउनु नै शान्तिको अधिकार हो । अहिले शान्तिको अधिकार अन्तर्राष्ट्रिय कानूनको अभिन्न अंग बनेको छ । विश्व र नेपालमा शान्ति र अमन कायम रहोस् भन्दै सबैमा शुभकामना ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा संविधानसभा सदस्य अलाउदिन अन्सारी , नेपाली कांग्रेस पश्चिम नवलपरासीका कार्यवाहक सभापति बिक्रम यादव,जसपा नेपालका अध्यक्ष धरेन्द्र यादव,नेकपा माओवादीका प्रदेश सदस्य बुद्धन अलि,रामग्राम नगरपालिका वडा नं ५ का वडा अध्यक्ष रामवृक्ष यादव,वडा नं ६ का वडा अध्यक्ष बिधा सागर त्रिपाठी,वडा नं १४ का वडा अध्यक्ष ओमप्रकाश यादव,वडा नं १५ का वडा अध्यक्ष धनपत यादव,नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष हरी शर्मा लगाएतकाे उपस्थित रहेको थियो ।

समुहका उपाध्यक्ष सुरज यादवकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रमकाे सन्चालन सचिव उमेश बि.क ले गर्नुभएको थियोे ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

