राष्ट्रिय दैनिक / नवलपरासी , ५ असाेज
पश्चिम नवलपरासीको सुनवलमा अन्तर्राष्ट्रिय शान्ति दिवसकाे अवसरमा शान्ति तथा सांस्कृतिक अादानप्रदान सम्बन्धि जिल्ला स्तरीय युवा सम्मेलन कार्यक्रम सम्पन्न भएको छ।

सुनवल सामुदायिक बिकास केन्द्रकाे अायाेजना तथा युनाइटेड मिसन टु नेपालको सहयोगमा सन्चालित घरेलु हिंन्सा न्युनिकरणका लागि सामुदायिक मेलमिलाप तथा सम्बाद परियोजनाद्वारा कार्यक्रम गरिएको हाे।

सुनवल सामुदायिक बिकास केन्द्रकी अध्यक्ष सपना अधिकारी थापाकाे अध्यक्षता तथा जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगाैती प्रसाद यादवकाे प्रमुख अातिथ्यतामा भएको कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख यादवले कुनै पनि देशको विकासको मूल आधार शान्ति हो । विकासको मूल आधार मात्र नभएर शान्ति मानव जातिको अमूल्य अधिकार पनि हो । शान्तिको अधिकार भनेको युद्धविरुद्धको अधिकार हो । युद्ध, हिंसा, हुलदंगा र सबै प्रकारका अशान्तिबाट स्वतन्त्र र मुक्त रहन पाउनु नै शान्तिको अधिकार हो भन्दै कार्यक्रमकाे प्रशंसा ब्यक्त गर्दै शुभकामना ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा पाल्हिनन्दन गाउँपालिका कार्यवाहक अध्यक्ष फातुमा खातुन अन्सारी , प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पाेखरेल ,युनाइटेड मिसन टु नेपालकाे कार्यवाहक टिम लिडर रामसरण श्रेष्ठ ,जिल्ला प्रहरी कार्यालय नवलपरासीको निमित्त प्रमुख डिएसपि भेषराज पाण्डेय , सुनवल नगरपालिका वडा नम्बर १ वडा अध्यक्ष मान बहादुर थापा लगाएतले कार्यक्रम निकै प्रभावकारी भएको भन्दै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियोे ।

संस्था र परियोजनाकाे परिचय लैंगिक समानता परियोजना संयाेजक राधा सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न भेषभुषा झल्किने सांस्कृतिक प्रस्तुतिका साथै लघु नाटक प्रस्तुत गरिएको थियो ।

संस्थाका सदस्य सन्जय श्रेष्ठकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रमकाे सन्चालन घरेलु हिंन्सा न्युनिकरणका लागि सामुदायिक मेलमिलाप तथा सम्बाद परियोजना संयाेजक कृष्ण पाण्डेयले गर्नुभएको थियोे ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

