Rashtriya Dainik

राष्ट्रपतिले संविधानको ठाडो उलंघन गर्नुभयो : नेता रौनियार ड

राजन कुमार बानिया / पर्सा ,५ असोज
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य हरिनारायण रौनियारले राष्ट्रपति विद्या देवी भण्डारीले संविधानको ठाडो उलंघन गर्नुभएको बताउनुभएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाले दुई पटक समेत पठाउनु राष्ट्रपति भण्डारीले नागरिकता बिधेयकलाई प्रमाणीकरण नगरेर संविधान माथि नै प्रहार गर्नुभएको नेता रौनियारको भनाई छ । राष्ट्रपतिले साउन २९ गते आफ्नो सुझाव सहित पठाउनु भएको नागरिकता बिधेयकलाई फेरी दुवै सदनले जस्ता त्यस्तै पारित गरी राष्ट्रपतिको कार्यालयमा परमानिकरणको लागी भादौ २० गते पठाईएको थियो । राष्ट्रपति भण्डारी संग पहिलो पटक आएको बिधेयक सुझाव सहित पठाउन संवैधानिक अधिकार रहेको छ तर दोस्रो पटक आएको विधेयक प्रमाणीकरण गर्नु नै पर्ने संवैधानी व्यवस्था रहेको छ । राष्ट्रपतिले भण्डारी संग १५ दिन समय थियो जुन हिजो मंगलबार राति मध्य रात १२ बजे सकेको भए ता पनि भण्डारीले नागरिकता बिधेयक प्रमाणीकरण नगरी उहाले संविधानको ठाडो उलंघन गर्नुभएको नेता रौनियारले बताउनुभयो । राष्ट्रपतिले पठाउनु भएको सुझाव सहितको बिधेयक परिमार्जन नै गर्नुपर्छ भन्ने संविधानमा यस्तो व्यवस्था कतै नरहेको संविधानका जनकारले समेत बताईरहेका छन । अहिले राष्ट्रपतिको चर्को आलोचना भैरहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित