भारतीय दिग्गज हास्य कलाकार राजु श्रीवास्तवको निधन भएको छ।
अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा भर्ना भएका हास्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको हो ।
राजु श्रीवास्तवलाई अगस्ट १० मा हृदयाघात भएपछि अस्पताल भर्ना गरिएको थियो।
राजु श्रीवास्तव दिल्लीको एम्समा लाइफ सपोर्ट सिस्टममा थिए । भेन्टिलेटरको सहायतामा १५ दिनपछि हास्यकलाकार होशमा आए । तर, सेप्टेम्बर १ मा उनलाई १०० डिग्री ज्वरो आएपछि फेरि भेन्टिलेटरमा राखिएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

