सहबान अन्सारी
नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ६ स्थित मदरसा मदिनतुल ओलुम माध्यमिक विध्यालयका प्रधानाध्यापक अमिर आजम मिया पदक विभुषित चयन हुनु भएको छ ।
आन्तरिक मामिला,कानुन तथा सञ्चार मन्त्रालय लुम्बिनी प्रदेश सरकारद्वारा २०७९ असोज ३ गते संविधान दिवसका दिन देहाय बमोजिम पदक विभुषित गर्ने घोषणा गरेको हो ।
नेपालमा पहिलोपटक मदरसालाई सरकारको पाठ्यक्रम अनुसार मुलधारमा ल्याई १०+२ माध्यमिक तह सम्म संचालनमा योगदान पुर्याउन सफल भएका प्राधानाध्यापक आजमलाई प्रदेश प्रज्ञा पदकको लागी चयन गरेको प्रदेश राजपत्रमा उल्लेख गरिएको हो।
विसं २०६५ मा धार्मिक विद्यालय मदरसाका रुपमा स्थापना भएको उक्त मदरसामा उर्दुको र अरबी साथै नेपाली, गणित, सामाजिक, विज्ञान, अंग्रेजी लगायत विषयमा विद्यार्थीले शिक्षा प्राप्त गर्दै आएका छन् भने यससँगै अब कम्प्युटर शिक्षाको अध्ययन गर्न पाउने भएका हुन् । नेपालमा एकमात्र माध्यमिक सरहको शिक्षा प्रदान गर्दै आएको सो विद्यालयमा हाल करीब ३८१ मुस्लिम विद्यार्थीले पठनपाठन गर्दै आएको मदरसामा १४ जना शिक्षक शिक्षिका रहेको रहेको विध्यालय ब्यवस्थापक समितीका अध्यक्ष साकिर अन्सारीले बताए।
जिल्लामा कूल धार्मिकरुपमा सञ्चालित ५२ मदरसा संचालनमा रहेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

