राजन चाैधरी / रुपन्देही , ५ असाेज
रुपन्देहीको सियारी गाउँपालिकाले संविधान दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न गरेको छ।
सियारी गाउँपालिकाले अध्यक्ष थानेश्वर घिमिरेकाे अध्यक्षता तथा प्रदेश प्रमुख अमिक शेरचनकाे प्रमुख अातिथ्यतामा ३ दिवसिय कार्यक्रम सम्पन्न भएको हाे।
जनताका प्रतिनिधिबाट संविधान निर्माण भई जारी भएको सात वर्ष पूरा भएको उत्सवमा विविध कार्यक्रम गरिएको शेरचनले बताउनुभयो ।

कार्यक्रममा समाजवादी पार्टीका जिल्ला अध्यक्ष श्रीराम यादव ,नेपाली कांग्रेसका जिल्ला सदस्य मीन प्रसाद शर्मा लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियोे ।
तीन दिने कार्यक्रम अन्तर्गत सामुदायिक बिधालयहरुकाे कबिता प्रतियोगितामा प्रथम जनता मा.बि का शिक्षक राम प्रसाद घिमिरे ,द्धित्तिय पुरस्कार सिद्ध आधारभूत बिधालयकी शिक्षिका चम्पा चौधरी ,तृतीय गन्सारी मा.बि की सर्मिला पौडेल र सान्त्वना दुर्गा देविकी शिक्षिका सृजना सुवेदी हुनुभएको थियोे ।
कार्यक्रममा विभिन्न छेत्रमा उल्लेखनिय योगदान दिनु हुने पुर्ब गा.बि.स अध्यक्ष भवनी शंकर सापकोटा ,लुम्बिनी इन्जिनियरिङ्ग कलेजका अध्यक्ष डा.श्रीराम आचर्य ,महिला तथा बाल बालिकाहरुमा उल्लेखनिय योग्दान दिने बिना सुवेदी , स्वास्थ्य छेत्रबाट लुम्बिनी प्रदेशिक अस्पतालका बिभागिए प्रमुख डा.बिस्नु पौडेल, पर्यटन छेत्र तर्फ सियारीलाई माछाको सुपर जोन भनेर चिनाउने गौरब गौतम , शिक्षा क्षेत्रबाट भरत अर्याल ,पब्लिक उच्च मा.बि का प्र.अ लिलाराम खनाल ,खानेपानी क्षेत्रबाट सुन्दर गुप्तालाई सम्मान गरिएको थियोे ।

कार्यक्रमकाे अन्तयमा बाेल्दै पालिका अध्यक्ष
घिमिरेले संविधान दिवसको अवसरमा उल्लेखनीय ब्याक्तित्वहरुलाई सम्मान गर्न पाउदा खुसी व्यक्त गर्नुभएको थियो । अध्यक्ष घिमिरेले मासिक सुबिधा निमुखा गरिब बिपन्नहरुलाई प्रत्येक महिना हस्तान्तरण गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
प्रमुख प्रसाशकिय अधिकृत रोमलाल न्याैपानेकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रमकाे सन्चालन लेखा अधिकृत नारायण प्रसाद पाैडेलले गर्नुभएको थियोे ।
२०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

