नवलपरासी , ४ असोज
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले नमुना परिक्षणका लागि एक बस्तीमा सुधारिएको चुल्हो बितरण गरेको छ ।
सुस्ता गाउँपालिका वडा न.५ पकलिहवा स्थित सकरदिन्हीमा रहेको मुसहर बस्तीमा नमुना परिक्षणका लागि सुधारिएको चुल्हो पालिकाले बितरण गरेको हो ।

मुसहर समुदायका ब्यक्तिहरु दिन रात ज्याला मजदुरी गरि खाने र आर्थिक अभावका कारणले ग्यास चुल्हो बाल्न पनि धौ धौ हुनुको साथै दाउराको प्रयोगबाट उनिहरुको स्वास्थ्यमा थप समस्या देखापर्ने भएको कारणले पालिकाले अहिले एउटा बस्तीमा नमुना परिक्षणका लागि सुधारिएको चुल्हो बितरण गरिएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले बताउनु भएको छ ।
पालिका अध्यक्ष उपाध्यायले यो एउटा बस्तीमा नमुना परिक्षणका लागि पालिकाले मुसहर जातीको समुदायमा बितरण गरेको र यो बस्तीबाट प्रयोग अवस्था प्रभाव पर्दै गएपछि अन्य अतिबिपन्न बर्ग जातिको समुदाय गाउँ टोलमा बितरण हुने बताउनु भयो । पाइएको चुल्हो सहि तरिकाले प्रयाेग गर्न आग्रह गर्नु भएको थियो ।

त्यस्तै सुस्ता गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत बुद्ध प्रकाश पौडेलले सुधारिएको चुल्होको प्रयोगले दाउँराको कम खपत हुने र धुवा मुक्त हुने भएकोले स्वास्थ्य समस्या पनि कम हुनुको साथै चुल्होको प्रयोगबाट विभिन्न फाइदा हुने बताउनु भयो ।
सुस्ता ५ पकलिहवा स्थित सकरदिन्हीमा ३५ घरधुरी मुसहर समुदायको बस्तीबाट नमुना परिक्षणका लागि बितरण गरिएको हाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

