Rashtriya Dainik

सुस्ताकाे ठाढीघाटमा नेपाली सेनाले गर्यो सरसफाई

नवलपरासी, ४ असाेज

पश्चिम नवलपरासीको सुस्ता गाउपालिका ५ स्थित ऐतिहासिक तथा पर्यटकिय क्षेत्र अनोमाघाट(ठाढीघाट)मा नेपाली सेनाको टोलीले सरसफाई गरेको छ ।

आईतवार पुगेको नेपाली सेना गोरखदल गणको टोलीले एक दिन रात्रीबास गरि सोमवार सफाई कार्य गरेको हो ।

केही दिन पहिला नेपाली सेनाका जर्नेल नवराज गुरुँगले समेत अनोमाघाटको अवलोकन गरेर फर्के पश्चात यस्ता राष्ट्रिय सम्पदाहरुको संरक्षण,ब्यवस्थापन र सरसफाईमा नेपाली सेनाको कृयाशिलता रहने जानकारी गराएका थिए ।

अहिले नेपाली सेनाको टोली अनोमाघाटमा पुगेर रात्रीबास बस्ने र भोली पल्ट सरसफाई कार्य गरेको गणका कर्नेल ज्ञानकाजी श्रेष्ठले जानकारी गराएका थिए । सिद्धार्थ गौतम गृहत्याग गरेर आफ्नो प्राचिन कपिलबस्तु राज्यबाट हिडदै कोलिय गणराज्यको पुर्वि सिमामा पर्ने तत्कालिन अनोमा नदी किनारमा पुग्दा उनले चढेको कन्टक घोडा त्यही ठढा भए देखी नै त्यो अनोमा घाटलाई अहिलेसम्म ठाढी घाट भनिदै आएको स्थान हो ।


बौद्ध दर्शनमा अनोमाघाटको कुरा उल्लेख भए पनि त्यो स्थान कहाँ पर्छ भनेर विगतमा जानकारीमा आउन सकेको थिएन् । बौद्ध अध्ययेताहरुले अनुमान लगाउदै ठाढीघाट नै अनोमा घाट हुन पर्ने भनेर कुरा उठाए पछि अहिले सुस्ता गाउपालिकाले ठाढी घाटलाई अनोमा घाटको घोषणा गरि विकासका कार्य अगाडी बढाएको छ ।

नेपाली सेनाले चाँसो लिएर यस क्षेत्रको सरसफाईमा लाग्नुलाई पनि स्थानियबासीले उपलब्धीको रुपमा लिएका छन् ।

गत बर्ष त्यस क्षेत्रको विकासका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) समेत गराई सकिएको जानकारी सुस्ता गाउपालिका प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकाश पौडेलले गराए ।

बुद्ध ठढा भएको स्थान,मुण्डन गरेको स्थान,सन्यासी बस्त्र धारण गरेको स्थानमा समेत विगतका घटनक्रमलाई मुर्ति प्रतिस्थापन गरिने गरि योजना बनेको छ । अनोमाघाटमा कम्पाउण्ड बनाउने कार्य भईरहेको छ । भएका मठमन्दिरको ब्यवस्थापन गनि गरिएको उनको भनाई छ । विगत बर्ष देखी नै एक अध्यात्मिक केन्द्रको रुपमा रहेको यो अनोमाघाट नेपालको बोधगया भनेर चिनाउने गरि काम भई रहेको अधिकृत पौडेलले बताए ।

बुद्धको बोधि यात्राको अन्तिम विन्दु बोधगया भएको तर त्यसको प्रस्थान विन्दु अनोमाघाट नै रहेको हुदा बौद्ध तिर्थ स्थलको रुपमा विकास यहाँ हुन्छ, उनले भने, यसमा अहिले सबै तिरबाट सहयोग जुट्न थालेको छ । त्यसैको निरन्तरता पहिलो पटक नेपाली सेना अहिले यो स्थानमा स्थानियबासीसँग मिलेर सरसफाईमा जुटेको छ ।


बुद्ध दर्शनमा सन्यासधारण गरेको स्थान भगवान बुद्धको महाभिनिष्क्रमण स्थल भनि उल्लेख छ । कपिलबस्तुबाट भगवान गृहत्याग त गरे,तर राजषी पोशाक त्याग गरेका थिएनन् । त्यो राजषी पोशाक यहिँ अनोमा घाटमा परित्याग गरि सन्यास धारण गरेको स्थान हो । उनले ति राजषी पोशाक आफ्नो सारथी छन्ना र कन्टक घोडा त्यहीबाट फर्काएका थिए ।

अनोमा नदी पारी तत्कालिन मगध समराज्यको अधिनमा थियो,त्यो भएर त्यो समराज्यमा राजषी घोडा जान मानेन,ठढा भयो,त्यही बेला देखी ठाढीघाट भनेर स्थानियबासी यहाँ मेला लगाउदै अध्यात्मिक अभ्यास गर्दै आएका छन् । विगत दुई बर्ष देखी असार पुर्णिमाको दिन महाभिष्क्रिमण दिवस पनि गाउपालिका र संघसस्थाले मनाउदै आएको अधिकृत पौडेलले बताए ।
गत असारमा त यहाँ मुण्डन परम्परालाई कायम गर्ने गरि मुण्डन गराएर महाभिनिष्क्रमण दिवस मनाइएको थियो ।

त्यो क्रम अब निरन्तर चल्ने उनको भनाई थियो । अनोमाघाट क्षेत्रमै अब बुद्धले खोज गरेको विद्या विपश्यना केन्द्र पनि बनाउने योजना बनेको छ । त्यसका लागि विपश्यचनाचार्यले समेत स्थलगत अवलोकन गरि सकेका छन् । विपश्यनाकेन्द्रको लागि आवश्यक जग्गाको ब्यवस्थापन गरि विपश्यनाचार्यहरुको परामर्शमा ति केन्द्र पनि खोलिने छ । अन्य ब्यतिका लागि समान्य ध्यानकेन्द्र,प्रवचन शालाहरु बनाइने छ । धर्मशाला बनिसकेको अवस्था छ ।

अहिले एक दुई दिन बस्नका लागि यहाँ तिर्थालुहरु आउने गरेको उनले सुनाए । स्थानिय तहले आफ्नो क्षमताले भ्याएसम्म काम भई रहेको तर यो कालान्तरमा विश्व सम्पदा र राष्ट्रिय सम्पदाको रुपमा सुचिकृत हुने हुदा यसमा प्रदेश सरकार र संघसरकारसँगै विश्व समुदायको ध्यानाकर्षण हुन आवश्यक रहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित