Rashtriya Dainik

सुस्ता गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुलाई क्षमता अभिबृद्धि तालिम सम्पन्न

राष्ट्रिय दैनिक / नवलपरासी , ३ असाेज

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले आफनो जनप्रतिनिधी,कर्मचारी तथा शिक्षकहरुलाई एक दिने क्षमता अभिबृद्धिका लागि उत्प्रेरणात्मक तालिम सम्पन्न गरेको छ ।

सुस्ता गाउँपालिकाको आयोजनामा सञ्चालन भएको उत्प्रेरणात्मक तालिम जनप्रतिनिधी,कर्मचारी तथा सामुदायिक बिधालयका शिक्षकहरुको कार्यमा थप उर्जा थप्नका लागि एक दिने क्षमता बिकास कार्यक्रम अन्तर्गत उत्प्रेरणात्मक तालिम सञ्चालन गरिएकोे हो ।

कार्यक्रममा सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले कर्मचारीहरुको कार्यलाई थप उर्जा थप्न र सुखी सुस्ता र समृद्ध सुस्ता निर्माण गरि कार्यालयमा मुस्कान सहितको सेवा प्रवाह गर्नका लागि पालिकाले तालिमको आयोजना गरेको उहाँले बताउनु भयो ।

त्यस्तै उपाध्यक्ष गिता चाैधरीले पालिकाको समृद्धि र बिकास एक्लो प्रयासबाट मात्रै सम्भव नहुने बताउदै सबै कर्मचारी जनप्रतिनिधीहरुको सामुहिक पहल रहनुपर्नेमा जोड दिनुभएको थियो । उपाध्यक्ष चाैधरीले क्षमता अभिबृद्धि कार्यक्रमले जनताको सेवालाई चुस्त दुरुस्त र पारदर्शि बनाउन महत्वपुर्ण भुमिका खेल्ने उल्लेख गर्नुभएको थियो ।

त्यस्तै प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले पालिकाको योजनालाई सफल पार्न एक्लो पालिका अध्यक्षको मात्र जिम्मेबारी नरहेको र सफल पालिका बनाउन सम्पुर्ण जनप्रतिनिधी,कर्मचारी र शिक्षकहरुको अहम भुमिका रहेको बताउदै तालिममा लिएको ज्ञानलाई ब्यवहारमा लागु गर्नुपर्ने उहाँले बताउनु भयो ।

तालिममा सुस्ता गाउँपालिकाको सम्पुर्ण जनप्रतिनिधी,पालिकामा कार्यरत कर्मचारी र सामुदायिक बिधालयका शिक्षकहरु गरि ९५ जनाको सहभागिता रहेको थियो भने तालिमको सहजिकरण प्रसंशनिय समाज नेपालका अध्यक्ष राम बहादुर रावतले गर्नु भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित