राष्ट्रिय दैनिक / नवलपरासी , ३ असोज ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिका १२ भुमहीमा संविधान दिवसको अवसरमा शुभकामना आदानप्रदान तथा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
लियो क्लब अफ रामनगरको अध्यक्ष रुपेश गौतमकाे अध्यक्षता तथा लायन्स क्लब अफ रामनगर अध्यक्ष बलराम चापागाईंकाे प्रमुख अातिथ्यतामा शुभकामना आदानप्रदान तथा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हाे ।

संविधान दिवस मूल समारोहमा आज साझ भुमही चोकमा नेपालको नक्सा बनाई दीपप्रज्वलन गरिएको हो । जनताका प्रतिनिधिबाट संविधान निर्माण भई जारी भएको सात वर्ष पूरा भएको उत्सवमा दीपप्रज्वलन गरिएको लियो क्लब अफ रामनगर सचिव सुरेन्द्र कुमार कोहार ( एस. के. प्रजापति ) ले बताउनुभयो ।
२०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

