देशबन्धु यादव / नवलपरासी , ३ असोज ।
पश्चिम नवलपरासीको सदरमुकाम परासी स्थित बुद्धचाेकमा दीपप्रज्वलन गरी आठौं संविधान दिवस मनाईएको छ ।
संविधान दिवस मूल समारोहमा जिल्ला समितिको अगुवाइमा आज साझ बुद्धचोकमा नेपालको नक्सा बनाई दीपप्रज्वलन गरिएको हो । जनताका प्रतिनिधिबाट संविधान निर्माण भई जारी भएको सात वर्ष पूरा भएको उत्सवमा दीपप्रज्वलन गरिएको मूल समारोहका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख भगाैती यादवले बताउनुभयो ।
उक्त अवसरमा रामग्राम नगरपालिकाका मेयर धनपत यादव, उपमेयर सम्झना चौधरी, प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि,राजनीतिक दल, स्थानीयवासी लगायतको सहभागिता रहेको थियो।
संविधानसभाबाट संविधान जारी भएको सात वर्ष पूरा भएको अवसरमा पश्चिम नवलपरासीमा असोज २ देखि तीनदिनसम्म विविध कार्यक्रम गरिदै छ ।
२०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

