Rashtriya Dainik

फोटो पत्रकारिता अवार्ड २०२२ बाट राम सर्राफ सम्मानित हुने

पर्सा ३ असोज
नेपाल फोटो पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष राम सर्राफ काठमाडौंमा सम्मानित हुने भएका छन् ।
राष्ट्रिय फोटो पत्रकार समूह नेपाले रजत जयन्ती सम्मान तथा राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२२ का अवसरमा सर्राफलाई सम्मान गर्न लागेको हो ।
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे, नेपाल) ले २५ औँ वर्ष पूरा गरेको अवसरमा काठमाण्डौमा यही असोज ६ गते आयोजना गर्ने रजत जयन्ती तथा राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२२ को चौथो संस्करणमा सर्राफ सम्मानित हुने भएका हुन्
फोटो पत्रकारहरुले खिचेका लकडाउनका तस्बिरहरु समावेश गरेर ‘लकडाउनमा नेपाल’ नामक स्मारिका फोटो पुस्तक प्रकाशन गर्ने योजना पनि रहेको समूहका अध्यक्ष प्रदीपराज वन्तले बताए ।
फोटो पत्रकारितामार्फत राष्ट्रलाई दिएको अतुलनीय योगदान र संस्थालाई पु-याएको सहयोगको कदरस्वरुप विशेष सम्मान २०२२ सर्राफलाई अर्पण गर्ने निर्णय गरेको पनि अध्यक्ष वन्तले जानकारी दिए ।
दुई दशकभन्दा लामो समयदेखि फोटो पत्रकारितामा सक्रिय सर्राफ नेपाल फोटो पत्रकार संघका संस्थापक हुँदै पर्सा शाखा उपाध्यक्ष, मधेश प्रदेश अध्यक्ष भएर केन्द्रीय उपाध्यक्षसमेत भइसकेका छन् ।
२०६० सालसम्म वीरगन्जबाटै प्रकाशित अंकुश दैनिकमा छापीने सर्राफको फोटो त्यसपछि अन्नपुर्ण पोस्टमा पनि प्रकाशन हुन थालेको थियाे । त्यसपछि सर्राफले खिचेका फोटोहरु राष्ट्रियदेखि अन्तर्राष्ट्रिय सञ्चार माध्यममा समेत प्रकाशन भइसकेका छन् । नेपाल भरीमै मोफसलबाट फोटो पत्रकारको रुपमा नियुक्ती पाउने पहिलो व्यक्ति पनि सर्राफ नै हुन् । सर्राफ हाल द हिमालयन टाइम्समा आवद्ध छन् ।
उनी वीरगञ्जबाट १ दशकदेखि सञ्चालित यात्रा डेली डटकम अनलाईनका प्रबन्ध निर्देशक समेत हुन्

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित