राष्ट्रिय दैनिक / नवलपरासी , ३ असाेज
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर १ भगडामा ८ अाैँ जितिया मेला महाेत्सव एव जितिया विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

हस्नी माता थान ब्यवस्थापन समितिकाे अायाेजना तथा सरावल गाउँपालिकाकाे सहयोगमा समितिकाे अध्यक्ष गुरुदेव चाैधरीकाे अध्यक्षता एवम् पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख अातिथ्यता महाेत्सव सम्पन्न भएको हाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै पालिका अध्यक्ष चाैधरीले कला संस्कृति बिकासकाे लागि अाफु तत्परता जनाउने बताउनु भएको हाे । हस्नी माता थान ब्यवस्थापनकाे लागि र पर्यटन प्रबद्धनमा पालिकाबाट विशेष सहयोग साथ दिई रहने बताउदै , जितिया पर्व थारु जातीकाे विशेष पर्व रहेको र हाल अाएर विभिन्न जातजातिले अा अाफ्नाे ढंगले मनाइरहेकाे बताउदै यस्ता कार्यक्रमले जातीय कला संस्कृति र भेषभुषा संरक्षणमा विशेष महत्त्व बाेकेकाे छ । यस्ता कला संस्कृति संरक्षण र प्रवद्धनमा अाफुले पालिकाबाट सहयोग गर्ने प्रतिबद्धता सहित जितिया पर्वकाे सम्पूर्णमा शुभकामना ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा वडा नम्बर १ वडा अध्यक्ष बिष्णु भट्टराई ,लच्छिमी नारायण ऋण सहकारी संस्था अध्यक्ष देवराज श्रेष्ठ , जिल्ला समन्वय समिति पुर्व सदस्य अाशा देवी चाैधरी , समाजसेवी हेम नरायण चाैधरी,थारु कल्याणकारी क्षेत्र नम्बर २ काे क्षेत्रीय सचिव भेष नरायण चाैधरी लगाएतले जितिया पर्वकाे महत्त्वबारे विचार राख्दै शुभकामना ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा थारु भाषा ,कला संस्कृति , भेषभुषा र रितिरिवाज झल्किने झमटा नाथ , लाठि नाच , झुमरा नाच लगाएतकाे विभिन्न सांस्कृतिक प्रस्तुति रहेको थियो ।

नरदेवी चाैधरीकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रमकाे सन्चालन इन्द्र चाैधरीले गर्नुभएको थियोे ।



राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

