Rashtriya Dainik

बझाङको साईपालमा दस सैयाकाे अस्पतालकाे शिलान्यास

उत्तमकुमार थापा बझाङ
सुदुरपश्चिम प्रदेशकाे हिमाली जिल्ला बझाङकाे दुर्गम गाउँपालीका साईपाल गाउँपालीकामा दस सैयाकाे अस्पतालकाे शिलान्यास गरिएको छ ।

जिल्लाकै विकट स्थानमा रहेको साईपाल गाउँपालीकामा गाउँपालीका अध्यक्ष मानवीर बाेहराले दस सैया अस्पतालकाे शिलान्यास गर्नुभएको सव ईन्जिनियर तिलक विकले जानकारी दिनु भयाे ।

गाउँपालीकाकाे जनसमुदायले सानाे विराम भएको खण्डमा सदरमुकाम चैनपुर धाउनुपर्ने बाध्यतालाई मध्यनजर गरि जनताको पिरमर्कालाई हेरेर गाउँपालीकाले विरामीकाे सेवा सुविधा स्थानीय तहमै गर्ने उदश्यका साथ अस्पताल बनाउन लागेको गाउँपालीका अध्यक्ष मानविर बाेहराले जानकारी दिनु भयाे ।

स्थानीय सरकार बनेपछि जनताको सेवामा निरन्तर लागेका बाेहरा र उपाध्यक्ष डाेल्मा तामाङ यतिबेला गाउँघरमा जनताको सेवामा लागिपरेका छन । उपाध्यक्ष तामाङले भन्नू भयाे,हाम्रो विकट गाउँपालीका भएकोले साईपालका जनतालाई स्वास्थ्यमा राम्रो सेवा दिन अस्पताल निर्माण भईरहेकाे बताए । आफू निर्वाचित भए पछि सदैव जनताको सेवामा रहेकाे बताउदै आफ्नाे जनताको सुखदुखकाे साथि हुने जनप्रतिनिधिकाे भनाइ छ । दस सैयाकाे अस्पताल निर्माण पछि दक्ष डाक्टरबाट सेवा दिने गाउँपालीका अध्यक्षकाे भनाइ रहेकाे छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित