हरिकिशोर शर्मा
जिराभवानी ३ असोज
पर्साको ठोरी गाउँपालिकाबाट सशस्त्र प्रहरीले प्रतिबन्धित बिस्फोट पदार्थ पटका बरामद गरेको छ । सशास्त्र प्रहरी बोडर आउट पोस्ट सुबर्णपुरबाट सशास्त्र प्रहरी निरीक्षक दिपक नापीतको नेतृत्वमा रहेको सशास्त्र प्रहरीको टोलिले नियमीत चेक जाचको क्रममा ठोरी गाउँपालिका वडा न ५ बाघमोर्चा पुलमा ठोरीबाट काठमाडौ जाँदै गरेको यात्रु बाहक बसलाई चेक जाँच गर्दा बसबाट दुई सय प्याकेट पटका बरामद भएको हो । भारतबाट अबैध रुपमा नेपाल भित्र्याइ काठमाडौ लेजानका लागी बसमा लोड गरिएको सुचना प्राप्त भएपछि सशास्त्र प्रहरीले चेक जाँच गर्दा बसमा उत्त परिमाण पटका बरामद गरेको सशास्त्र प्रहरी बल १३ नाम्बर हेड कवाटर पर्साले जनाएको छ ।बरामद गरिएको पटका स्थानीय भद्रभलादमि र सन्चारकर्मिको रोहवरमा बोडरआउट पोस्टको परिसरमा खाल्डोमा पुरेर नस्ट गरिएको सशास्त्र प्रहरी बल १३ नाम्बर गणका सशास्त्र प्रहरी उपरिक्षक तेजप्रसाद पोखरेलले जनकारी दिनुभयो । त्यस्तै पर्साको जिराभवानी गाउँपालिकाबाट पनि सशास्त्र प्रहरीले भारतबाट अबैध रुपमा नेपाल भित्र्याउदै गरेको आवस्थामा भारतिय बोइलर कुखुरा बरामद गरेको छ। सशास्त्र प्रहरी बोडर आउट पोस्त महादेवपटिका सशास्त्र प्रहरी निरीक्षक रमेश साखको नेतृत्वमा गएको सशास्त्र प्रहरीको गस्ति टोलिले जिराभवानी गाउँपालिका वडा न १ जगतिया गाउँबाट ३० वटा बोइलर कुखुरा बरामद गरेको हो ।बरामद गरिएको कुखुरा स्थानीय भद्रभालदमि र सन्चारकर्मि साथै नेपाल प्रहरीको रोहबरमा नस्ट गरिएको सशास्त्र प्रहरी बल १३ नाम्बर गणका सशास्त्र प्रहरी उपरिक्षक तेजप्रसाद पोखरेलले जनकारी दिनु भयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

