Rashtriya Dainik

संबिधान दिवसको अवसर पाल्ही भगवती मन्दिर परिसर सरसफाई

रंजीत शर्मा/ नवलपरासी / ३ असोज।

सविधान दिवसको अवसरमा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वाड नं ०४ पर्ने पाल्ही भगवती मन्दिर परिसर सरसफाई गरिएको छ।

जिल्ला समन्वय समिति पश्चिम नवलपरासीको निर्णय अनुसार जिल्लाको सात वटै स्थानीय तहमा कम्तीमा एउटा कार्यक्रम गरी मनाउने हिसाबले पाल्ही मन्दिर परिसर सरसफाई गरिएको प्रमूख प्रशासकिय अधिकृत श्रीप्रसाद गौतमले बताए।

आउँदै गरेको बाड दसैं तिहारलाई पनि मध्य नजर गरी पाल्हि भगवती मन्दिर परिसरको वरिपरि रहेका फोहरमैला व्यवस्थापन गरिएको कार्यवाहक अध्यक्ष फतिमा खातुन अन्सारी (सकिना) ले बताइन्।

सरसफाई कार्यक्रममा वार्ड नं ०४ का वार्ड अध्यक्ष रविन्द्र सहानि ,प्रमूख प्रशासकिय अधिकृत श्रीप्रसाद गौतम,रोजगार शाखा प्रमुख कृष्ण ढकाल,सन्तोष यादव लगायत पालिकाका कर्मचारी ,नगर प्रहरी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, पत्रकार लगायत स्थानीयहरुको सहभागीता रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित