Rashtriya Dainik

मिर्मिरे लघुवित संस्था लिमिटेडले आफ्नो १३ वर्ष प्रवेश गरेकोमा सरसफाई कार्यक्रम सम्पन्न

राजन कुमार बानिया
पर्सा ३ असोज
मिर्मिरे लघुवित संस्थाले १२ वर्ष पार गरि १३ वर्षमा प्रवेश गरेको अवसरमा सोमबार पर्साको ठोरी गाउँपालिकामा सरसफाई कार्यक्रमको आयोजना गरिएको छ । गाउँपालिकाको वडा नं-५ स्थित सुवर्णपुर सहिद स्मारक लगायत सुवर्णपुर बजारको सरसफाई गरिएको हो । मिर्मिरे लघुबित बितिय संस्थाले आफ्नो संस्थाको बार्षिक उत्सव कार्यक्रम अवसरमा आयोजना गरेको सरसफाई कार्यक्रममा नेपाल प्रहरी , सशस्त्र प्रहरी र स्थानियहरुको सहभागिता रहेको थियो । मिर्मिरे लघुवित्त वित्तीय संस्था सुवर्णपुरले बार्षिक दिवसको अवसरमा बिभिन कार्यक्रम मनाएको संस्थाका प्रमुख महम्द मकसुद अंसारीले बताए ।मिर्मिरे लघुबित बितिय संस्थाले आयोजना गरेको सरसफाई कार्यक्रमको अध्यक्षता संस्थाको मधेस प्रदेश प्रमुख रामकिसोर चौधरीको अध्यक्ष्ातामा भएको थियो ।
यसका साथै, संस्थाले आगामी दिनमा उच्च व्यावसायिक अभ्यास तथा अनुपातलाई मूल मन्त्र बनाउँदै यो संस्थाकाे उद्देश्य अनुरूप मुलुकको पूर्वाधार विकासमा अझ उत्कृष्ट याेगदान गर्ने प्रतिवद्धता व्यक्त चौधरीले गरेकाे थियो ।
बार्सिक उतस्व र सरसफाई कार्यक्रममा प्रमुख अतिथी वडा अध्यक्ष अस्त बहादुर लोपचनको प्रमुख अतिथ्यमा भएको सरसफाई कार्यक्रममा मिर्मिरे लघुबित बितिय संस्थाको महम्द मकसुद अंसारी, किरण कुमार परियार,निरंजन चौधरी,सुजन क्षेत्री,रबिन्द्र चौधरी,कृष्ण बोहरा,सशस्त्र प्रहरी निरिक्षक दिपक नापित, नेपाल प्रहरीको रामबाबु यादव, लगायत त्यस संस्थामा जुडेका महिला र स्थानिय हरुको सहभागिता रहेको थियो।सरसफाई कार्यक्रममा बाटो र नाला सरसफाई गर्नका साथै चोकमा रहेका पसलेहरुलाई सरसफाई सम्बन्धमा सचेतना गराइएको थियो । मिर्मिरे लघुबित बितय संस्था लिमिटेडले आफ्नो संस्थाको बार्षिक उत्सवमा चौकहरुमा डस्टबिन बितरण समेत गरेका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित