संजय कुशवाहा / नवलपरासी ३ असोज
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न.६ स्थित कंगली खोलाको टुटहा पुलमा आमासँगै नुहाउन गएका ११ वर्षे बालक अंगद माली खोलामा डुबेर बेपत्ता भएका स्थानीयले बताएका छन ।
प्रतापपुर गाउँपालिका वडा न. ६ गूठी परसौनीका रामकान्त मालीको ११ वर्षे छोरा जितिया पर्वको अवसरमा खोलामा स्नान गर्ने परम्परा अनुसार स्नान गर्न जाँदा आमासँगै गएका छोरा नुहाउने क्रममा आइतबार बेलुका साढे पाँच बजे बेपत्ता भएको प्रहरी चौकी रामनगरले जनाएको छ ।
स्थानीयवासीका अनुसार व्रतालु महिलाहरू नदीमा नुहाउन जान लाग्दा आमाका साथमा बच्चाहरू समेत गएका थिए । ११ वर्षे बालक माली कतै नभेटिएपछि उनी पानीमा डुबेको हुनसक्ने अनुमानको आधारमा नेपाल प्रहरी
,सशस्त्र प्रहरी र स्थानीयले खोजी कार्य शुरू गरेका हुन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

