राष्ट्रिय दैनिक / नवलपरासी , २ असाेज
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर १ सालबासमा जितिया पर्वकाे उपलक्ष्यमा सांस्कृतिक कार्यक्रम एवं गाउँ स्तरीय भलिबल प्रतियाेगिता सुरु भएको छ ।

संसारकाेट युवा परिवार सालबासकाे अायाेजनामा नारायण भण्डारीकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख अतिथ्यतामा प्रतियाेगिता उदघाटन भएको हाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै पालिका अध्यक्ष चाैधरीले कला संस्कृति र खेलकुद बिकासकाे लागि अाफु तत्परता जनाउदै यसको विकासमा लाग्न प्रतिबद्धता जनाउनु भएको हाे । यश टाेलमा थारु र पहाडी समुदाय भएको र वहाँहरु एकबद्धता जनाउदै कार्यक्रम गरिरहेकाे हेर्दा खुशी ब्यक्त गर्नुभएको हाे। वडा नम्बर १ काे भुगाेल हेर्दा धेरै बिकासकाे सम्भावना बाेकेकाे वडा रहेकाे बताउनु भयो । यश टाेलकाे सार्वजनिक जग्गा , पुराना मठ मन्दिर संरक्षणका लागि अाफुले पालिकाबाट सहयोग गर्ने प्रतिबद्धता सहित जितिया पर्वकाे सम्पूर्णमा शुभकामना ब्यक्त गर्नुभएको हाे ।

कार्यक्रममा वडा नम्बर १ वडा अध्यक्ष बिष्णु भट्टराई ,जिल्ला बन उपभोक्ता महासंघ उपाध्यक्ष थनेश्वरी भुषाल ,सृष्टि सामुदायिक बन सालबास अध्यक्ष श्रीबहादुर साही र राष्ट्रिय दैनिककाे कार्यकारी निर्देशक उमेश बि.क ले अाफ्नाे विचार राख्दै जितिया पर्वको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

राम कुमारी चाैधरीकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रमकाे सन्चालन हरि बस्याल र फरेन्द्र चाैधरीले गर्नुभएको थियोे ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

