Rashtriya Dainik

इप्रका कृष्णनगरको सफलता २.७ के.जी . चरेस सहित २ जना पक्राउ

कृष्णनगर, असोज २
इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले २.७ किलो चरेस सहित २ जनालाई पक्राउ गरेको छl
इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डेको कमाण्डमा खटिएको टोलीले कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगर स्थित जामिया सोजुलुल रहमानी कम्प्लेक्स बाट विशेष सुचनाको अधारमा २ जना लाई पक्राउ गरेको छl पक्राउ पर्नेमा दाङ जिल्लाको घोराही उपमहानगर पालिका ९ पर्सैनीका बर्ष १८ की मन्जु चौधरी र दाङ जिल्लाको अमउवा गाउँपालिका वडा नं २ बस्ने ३१ बर्षको जमालदिन मिया रहेको नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक मिन बहादुर घलेले जानकारी दिएका छन्l

शैलेन्द्र पाण्डे अनुसार लागु औषध कारोबार गर्नेको नेपाल भारतमा समेत संजाल हुन सक्ने हुदाँ अनुसंधान भइरहेको र अन्यको संलग्नता भए नभएको, मुख्य गिरोह को हो भन्ने तर्फ पनि अनुसंधान गरिने बताए l

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित