Rashtriya Dainik

किसान पिडामा, कृषि ज्ञान केन्द्रका प्रमुख सरकारी गाडीमा हुइकिए घुमघाममा

असोज ०२ ÷ यतीवेला पश्चिम नवलपरासीका किसान कहिले खडेरी ,कहिले भारी बर्षा र केरा बजारीकरणको समस्य भोगी रहेको अवस्थामा पश्चिम नवलपरासीको कृषि ज्ञान केन्द्र परासीका प्रमुख पर्यटन काजको बिदाको दिन सरकारी गाडी दुरुपयोग गर्दै ।
अन्तरिका पर्यटन भ्रमणमा निस्केका प्रमख आफ्न एक कर्मचारी प्रविधिक सहायक नगेन्द्र मौर्य सहित पाल्पा ,रिडी ,गुल्मी सरकारी गाडी लिएरै शुक्रबार देखी अहिले इन्धनको चरम महगांई भएको समयमा लु १ झ ७४० नम्वरको सरकारी गाडी लिएर निस्केका छन ।
कृषि ज्ञान केन्द्र परासीका प्रमुख शिव प्रसाद अर्याल कृषि तथा भुमी व्यवस्था मन्त्रालयम मुकाम बुटवलमा कामकाजको लागी सरुवा भए पनि यँहा बाट अन्तरिका पर्यटन भ्रमणमा जादा केहि सुविधा हुन्छा भन्ने उद्धेश्यले कृषि ज्ञान केन्द्रबाट भ्रमाण निस्केका हुन ।
अर्याल कृषि ज्ञान केन्द्र परासीका प्रमुख को रुपमा २०७८।०९।२२ मा आएका थिए । ८ महिना नबित्दै अर्याल सरुवा भएका हुन । यँहा अर्यालको काम गर्ने शैली राम्रो नभएका कारण सरुवा भएको हो । अहिले कृषि ज्ञान केन्द्र परासीको कार्यलयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय बाट प्रमुख दरबन्दी रितm राखेको छ । कृषि ज्ञान केन्द्र परासीका प्रमुखको रितm राख्नुको पछडी ठुलो रहश्य छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयको निर्णयबाट मिती २०७९।०५। १९ गतेका दिन प्रमुख सचिवस्तरको सरुवा,कामकाज खटाईएकोमा कृषि ज्ञान केन्द परासीमा मात्र खाली रितm राख्नुको कारण ठुलो चालखेल छ ।
नेपाल सरकारको सरकारी खर्चमा मितव्ययीता ल्याउनको लागी सरकारी कार्यलयका आफ््नै सभाहल उपल्बध भएसम्म आफ्नै हलमा वैठक, गोष्ठी सेमिनार ,तालिम गर्ने व्यवस्था हुदाहुदै सरकारी बजेट पचाउने उद्धेश्यले आलिसान सिद्धार्थ होटल परासीमा कार्यालयको चालु आ.व.२०७९÷०८० को स्वीकृत बार्षिक कार्यक्रमको सर्वजानिकीकरण गोष्ठी मिती २०७९ भदौ २६ गते सम्पन्न गरेका छन । सो कार्यक्रम भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र परासीको संयुतm आयोजनामा सन्चालन गरिएको हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित