Rashtriya Dainik

जसपाले पर्सा ३ पाउने पक्कापक्की भएपछि डा. गुप्ताको राजनीतिक सक्रियता तीव्र

पर्सा २ असोज
जनता समाजवादी पार्टी नेपालबाट पर्सा क्षेत्र नम्बर ३ का लागि प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ सिफरिस नेतृ डा. मधु गुप्ता यतिबेला स्थानीयहरुसँगको भेटघाटको गति बढाएकी छन्
राजनीतिक क्षेत्रको सुधारमार्फत आर्थिक र सामाजिक क्षेत्रमा अपेक्षित परिवर्तनका लागि चिकित्सा क्षेत्र छोडेर राजनीतिमा प्रवेश गरेकी डा. गुप्ताको राजनीतिक सक्रियतालाई निकै चासोपूर्वक हेरिएको छ ।
पर्साका अन्य क्षेत्रमा सिट बाँडफाँटमा सत्ता गठबन्धनबीच किचलो भए पनि यो क्षेत्रमा जसपालाई दिनेमा सबै दल सहमत छन् । गठबन्धनमा यो क्षेत्र जसपाले नै पाउने तय भइसकेकाले पनि एकल नाम सिफारिस भएकी डा. गुप्ताले चुनावलक्षित गतिबिधि तीव्र पारेकी हुन् ।
उनले शनिबार पोखरिया र सखुवाप्रसौनीमा स्थानीय नेता कार्यकर्ता र बासिन्दासँग स्थानीय सरोकारका बारेमा अन्तरक्रिया गरेकी छन् । पोखरिया नगरपालिका वडा नं. ८ जगतपुरमा भेटघाट सम्पन्न भएको छ ।
त्यस्तै सखुवाप्रसौनी गाउँ पालिका वडा नं. १ मा पनि चुनावी छलफल भएको डा. गुप्ताको सचिवालयले जनाएको छ । पर्सा क्षेत्र नंं. ३ मा जसपालाई कसरी जिताउन सकिन्छ र स्थानीय सरोकारहरुलार्ई राजनीतिमार्फत कसरी सम्बोधन गर्न सकिन्छ भन्नेमा छलफलहरु केन्द्रित हुँदै आएको सचिवालयले बतायो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित