Rashtriya Dainik

नवलपरासीको विभिन्न स्थानीय तहमा जितिया पर्वको अवसरमा सार्वजनिक विदा

राष्ट्रिय दैनिक / नवलपरासी , २ असाेज

हिन्दु सामुदायका महिलाले मनाउने जितिया पर्वको अवसरमा पश्चिम नवलपरासीको विभिन्न स्थानीय तहले सार्वजनिक विदा दिएको छ ।

सरावल गाउँपालिका , सुस्ता गाउँपालिका , प्रतापपुर गाउँपालिका , पाल्हिनन्दन गाउँपालिका र रामग्राम नगरपालिकाले एक सुचना निकाल्दैध सार्वजनिक विदा भएको जानकारी गराएका हुन् ।

पुत्रको दीर्घायुको कामना गर्दै हिन्दू धर्मावलम्बीले मनाउने कठोर व्रत जितियाको अवसरमा एक दिन सार्वजनिक विदा दिइएको हाे ।

अाज पालिका अन्तर्गतका सम्पूर्ण सार्वजनिक सेवाहरु बन्द रहेका छन ।

गाउँपालिकाका शाखा, उपशाखा, विषयगत शाखा, एवम् वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु, तत निकायबाट हुने सम्पूर्ण सार्वजनिक सेवाहरु बन्द रहने व्यहोरा सम्बद्ध सम्पूर्णमा जानकारी गरिन्छ, पालिकाद्वारा जारी सूचनाहरुमा उल्लेख गरिएको छ ।

मधेशका महिलाहरूको निष्ठाको साथ जितिया पर्व मनाउने गरेका छन् ।

कठिन पर्वको रुपमा रहेको जितिया पर्वमा सन्तानको दीर्घायूको कामना गर्दै महिलाले उपवास गरी यो पर्व मनाउने गर्छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित