राष्ट्रिय दैनिक / नवलपरासी , १ असाेज
पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा नम्बर २ मा अवस्थित जनता मा.बि मनरीमा एक दिने उदघाेषण तालिम सम्पन्न भएको छ।

जनता मा.बि मनरीकाे अायाेजनामा सन्चालित कार्यक्रम विद्यालय ब्यवस्थापन समिति सदस्य बाबुलाल यादवको अध्यक्षतामा तालिम सम्पन्न भएको हाे ।

विद्यार्थीहरुकाे नेतृत्व विकास गर्ने उद्देश्यले सन्चालित कार्यक्रममा कक्षा ७ देखि १२ सम्मका अध्ययनरत ४० जना विद्यार्थी एव १५ जना शिक्षक कर्मचारी र बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरुकाे सहभागीता रहेको विद्यालयका प्र.अ नन्दनी कुमारी पाेख्रेल ढकालले जानकारी दिनुभएको हाे।

उदघाेषण तालिमकाे सहजिकरण राष्ट्रिय दैनिकका कार्यकारी निर्देशक उमेश बि.क ले गर्नुभएको थियाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

