राजन चाैधरी / रुपन्देही, १ असाेज
लुम्बिनी प्रदेश स्तरीय विज्ञान सङ्ग्राहलयको शिलान्यास कार्यक्रम सीयारी गाउँपालिकाको छपियामा सप्पन्न भएको छ ।
प्रदेश सरकारका शिक्षा विज्ञान युवा तथा खेलकुदमन्त्री वसीउद्दीन खानले अाज एक कार्यक्रमको बिच छपियाको पव्लिक स्कुलमा उक्त सङ्ग्राहलयको शिलान्यास गरेका हुन ।
लुम्बिनी प्रदेशकै महत्त्वपूर्ण योजना अन्तरगत पर्ने यस सङ्ग्राहलयलाई निकै महत्त्वको साथ हेरिएको छ ।
उक्त शिलान्यास कार्यक्रममा सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले बोल्दै सियारी गाउपालिकामा यस्ता धेरै महत्त्वपूर्ण कामहरु भएको र लुम्बिनी प्रदेशकै महत्त्वपूर्ण योजना अन्तर्गत पर्ने यस सङ्ग्राहलयले समग्र लुम्बिनी प्रदेशकै सान उच्च हुने बताउनु भयो।

त्यसैगरि प्रमुख प्रशासकीय अधिकृत रोमलाल न्यौपानेले सुभकामना मन्तव्य दिदै यस्तो महत्त्वपूर्ण काम समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।
भीम प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य पव्लिक स्कुलका प्र.अ डिलाराम खनालले गरेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

