राष्ट्रिय दैनिक / नवलपरासी , ३१ भदौ
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले अाज संविधान दिवसकाे अवसरमा अन्तरक्रिया तथा विविध कार्यक्रम सम्पन्न गरेको छ।
प्रमुख प्रशासकीय अधिकृत दुर्गा पाैडेलकाे अध्यक्षता तथा पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख अातिथ्यतामा संविधान दिवसकाे कार्यक्रम गरिएको हाे।

कार्यक्रममा बाेल्दै अध्यक्ष चाैधरीले संविधान जारी भएपछि मुलुकमा शान्ति तथा अमनचयनसहित विकासका योजनाहरूले प्राथमिकताका आधारमा काम सुचारु भएको बताउदै संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा वडा नम्बर ४ वडा अध्यक्ष सुरेश यादव , लेखा प्रमुख नारायण पाण्डेयले संविधानकाे बारेमा विभिन्न धारणा राख्दै अाफ्नाे तर्क सहित विचार राख्नुभएको थियो ।

कार्यक्रममा चकलेट दाैड ,चम्पा दाैड लगाएतकाे प्रतियोगिता गरिएको थियोे । प्रतियोगिता प्रथम , द्धितिय , तृतीय स्थान हासिल गर्नेलाई क्रमश तीन हजार , दुई हजार , एक हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
स्वास्थ्यशाखा सहसंयाेजक खेम खनालकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रमकाे सन्चालन लेखाशाखा सहायक नरेश काेहारले गर्नुभएको थियो ।

देशब्यापी रुपमा विभिन्न कार्यक्रम गरि असाेज ३ गते मनाउने संविधान दिवस सरावल गाउँपालिकाले यशपालि भाद्र ३१ गते अाफ्नाे विभिन्न कार्यक्रम गरि मनाएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

